Comments Add Comment

नेपालमा ‘ए लेभल’ शिक्षाको महात्म्य

लोकबहादुर भण्डारी (सचिव, हिसान)

शिक्षामा अब गुरुकुलको जमाना छैन । उहिले हाम्रा अग्रजहरुले गुरुकुलमा गुरुको सेवा गरेर, संस्कृतका व्याकरणहरु घोकेर, श्लोक कण्ठस्थ पारेर गुरुलाई रिझाएपछि उत्कृष्टताको अलिखित प्रमाणपत्र पाउँथे । तर, अहिलेको पुस्ता अब नेपालको आधुनिक शिक्षा प्रणालीलाई पनि पार गरेर विश्वस्तरको शिक्षा प्रणाली तथा पाठ्यक्रमको प्रतिस्पर्धी भइसकेको छ । यस्तै पाठ्यक्रममध्येको एक हो ए लेभल ।

के हो ए लेभल ?

लोकबहादुर भण्डारी
लोकबहादुर भण्डारी

विश्वमै प्रसिद्ध बेलायतको क्याम्बिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ एजुकेसन (जीसीई) कार्यक्रम अन्तर्गत सञ्चालन हुने एक शैक्षकि कार्यक्रम हो ए लेभल । यसलाई नेपालको शिक्षासँग तुलना गरियो भने दश जोड दुई सरह मान्न सकिन्छ । जसरी दश जोड दुईको कोर्ष २ वर्षको हुन्छ, ए लेभलको पनि त्यहिनै हो । ११ कक्षालाई एएस र १२ कक्षालाई ए-२ भनिन्छ । यी दुवै कोर्ष सकिएपछि विद्यार्थीको ए लेभल सकिन्छ ।

क्याम्ब्रिज विश्वविद्यालयको जीसीईले विश्वमै उच्चस्तरको परीक्षा सञ्चालन गर्ने र एउटै समयमा परीक्षा गर्ने तथा एउटै समयमा नतिजा निकाल्ने प्रतिष्ठा आर्जन गरेको छ । विश्वका प्रायःजसो ख्यातिप्राप्त विश्वविद्यालयमा प्रवेश पाउन ए लेभललाई फलामे ढोकाका रुपमा लिए हुन्छ ।

ए लेभलका विशेषता

ए लेभलको राम्रो विशेषता भनेको यसमा ६० वटा विषयमध्ये विद्यार्थीले आफ्नो रुची, देशको अवस्था सुहाउदो हुने गरि छानेर पढ्न पाउछन् । यसको पाठ्यक्रम, शिक्षण प्रणाली, परीक्षा प्रणाली, ग्रेडिङ प्रणाली आदि सबै क्याम्ब्रिज विश्वविद्यालयले तय गरेको हुन्छ ।

विश्वका जुनसुकै ठाउँमा पनि एउटै प्रणालीबाट यसको पठनपाठन हुन्छ । विद्यार्थीले ६० विषयमध्ये कुनै चारवटा विषयमा परीक्षा उत्तीर्ण गरेपछि ए लेभल पूरा गरेको मानिन्छ । तर, विद्यार्थीले चाहेको अवस्थामा थप विषयमा परीक्षा दिन सक्छन् ।

अर्को महत्वपूर्ण विशेषता भनेको विद्यार्थीले आफ्नो रुची अनुसार अलग-अलग कार्यक्रमको विषय पनि पढ्न सक्छन् । उदाहरणका लागि एउटा विद्यार्थीले विज्ञान संकायको फिजिक्स पढ्छु, मानविकीको समाजशास्त्र र व्यवस्थापनको एकाउन्ट पढ्छु भन्यो भनें उसलाई रोकावट हुँदैन । विद्यार्थीलाई जुनसुकै विषय छानेर पढ्ने स्वतन्त्रता क्याम्ब्रिज विश्वविद्यालयले दिएको छ । ६० वटा विषयभित्र छानेर आ आफ्नो परिवेश अनुसार पढ्न पाइन्छ ।

कसरी थाहा पाउने ?

ए लेभलको अंक प्रणाली अर्थात ग्रेडिङ पनि निकै बैज्ञानिक र मौलिक छ । परीक्षामा ९० भन्दा माथि अंक पाउनेको प्रमाणपत्रमा A* पाउछ

नेपालमा ए लेभलको पढाइ हुने कलेजहरु अहिले निजी क्षेत्रमा धेरै नै भइसकेका छन् । ए लेभल पढाइको मान्यता लिन ब्रिटिस काउन्सिलमा कलेज दर्ता गरेर नेपाल सरकार शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखा मार्फत अनुमति प्रदान भएपछिमात्र ए लेभलको कक्षा सञ्चालन गर्न पाइन्छ ।

विद्यार्थीहरुले सम्बन्धित कलेज यो लिष्टिङमा परे नपरेको बुझेर मात्र भर्ना हुनुपर्छ । यसमा घोकन्ते विद्या भन्दा पनि व्यवहारिक शिक्षा दिइन्छ । मूलतः सेमिनार, छलफल, प्रयोगशाला, समस्या समाधान, समूह क्रियाकलाप, प्रोजेक्ट कार्य, खोजबिन, प्रस्तुतीकरण, समसामयिक अध्ययन आदिमा यसको कोर्ष आधारित हुन्छ । ए लेभलको पाठ्यक्रमलाई प्रत्येक वर्ष अध्यावधिक गरिने भएकाले पनि यो निकै बैज्ञानिक र विश्व प्रतिस्पर्धी शिक्षा प्रणाली हो ।

पाठ्यक्रम र ग्रेडिङ

ए लेभल पढ्ने विद्यार्थीहरुले नेपालको अन्य पाठ्यक्रममा जस्तै अनिवार्य विषयको तानव झेल्न पर्दैन । नेपालका ए लेभल कलेजहरुले पहिलो वर्ष अर्थात एएसमा जनरल पेपर भनेर अंग्रेजी भाषाको कोर्षलाई अनिवार्य गरेका छन् । तर अर्को वर्षदेखि अनिवार्य विषय अर्थत जीपी पढ्न पर्दैन ।

विद्यार्थीले विषय छानेर आफ्नो रुची अनुसार पढ्न पाउने भएकाले यो शिक्षा प्रणाली अरुभन्दा बैज्ञानिक छ ।

ए लेभलको परीक्षा प्रणाली र ग्रेडिङ प्रणाली पनि विश्वमा एउटै मापदण्डको हुन्छ । प्रत्येक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार २ वटा परीक्षा हुन्छन् । मे र जुनमा एउटा परीक्षा हुन्छ भनें अक्टोवर नोभेम्बरमा दोस्रो परीक्षा लिइन्छ । यसको परिणाम पनि पहिलोको अगष्टमा र दोस्रोको जनवरीमा निकालिन्छ ।

तोकिएकै समयमा परीक्षा र नजिता आउने यसको मुख्य विशेषता हो । विद्यार्थीले विषय छानेर परीक्षा दिन पाउने व्यवस्था यसमा हुन्छ । उदाहरणका लागि ५ विषय लिएको विद्यार्थीले पहिलो परीक्षामा २ विषयको मात्र परीक्षा दिन्छु र अरु पछि दिन्छु भन्दा पनि पाउँछ । प्रमाणपत्र आउने बेलामा त्यसले कुनै फरक पार्दैन । अझ कुनै विद्यार्थीले ए लेभलमा आफूले ल्याएको परिणामबाट सन्तुष्ट नभएमा फेरि परीक्षा दिइरहन पनि पाउँछ ।

ए लेभलको अंक प्रणाली अर्थात ग्रेडिङ पनि निकै बैज्ञानिक र मौलिक छ । परीक्षामा ९० भन्दा माथि अंक पाउनेको प्रमाणपत्रमा A* पाउछ । त्यस्तै ८० देखि ८९ सम्म पाउने विद्यार्थी A ग्रेडको हुन्छ भनें ७० देखि ७९ सम्म पाउनेको B ग्रेड हुन्छ । त्यस्तै ६० देखि ६९ सम्म अंक प्रतिशत पाउनेको ग्रेड C हुन्छ, ५० देखि ५९ पाउनेको ग्रेड D र ४० देखि ४९ पाउनेको ग्रेड E हुन्छ । U ग्रेड पाउनेको अर्थ अनुत्तीर्ण भन्ने हुन्छ ।

विश्व जित्न सकिन्छ

नेपालमा ए लेभल पछिल्लो समयमा निकै लोकपि्रय बन्नुको कारण यसको बैज्ञानिक पाठ्यक्रम, व्यवहारिक शिक्षा, विश्वस्तरको मान्यता र उत्कृष्ट नजिता नै हुन् । कुनै खास विषयमा राम्रो गर्ने विद्यार्थीले नेपाल टप वा वर्ल्ड टप समेत गरेका छन् । जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीले पटक-पटक नेपाल टप र वल्र्ड टप गरेर उदाहरण देखाएका छन् । प्रत्येक विषयमा प्रत्येक सेसनमा नेपाल टप र वर्ल्ड टप गर्ने विद्यार्थीलाई क्याम्बि्रजले विशेष समारोह गरी सम्मान एवं प्रमाणपत्र प्रदान गर्छ भने राम्रो ग्रेडमा उत्तीर्ण गर्ने विद्यार्थीले विश्वका राम्रा विश्वविद्यालयहरुमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसरसमेत पाउँछन् ।ब

विदेशका प्रायः विश्वविद्यालयले जनरल पेपरमा (अंग्रेजी) मा राम्रो नतिजा ल्याएको खण्डमा त्यसलाई टोफल, आईईएलटीएससरह मान्यता दिइएको पाइन्छ । अझ अर्को महत्वपूर्ण विशेषता त के छ भने कुनै विद्यार्थीले नेपालमा ए लेभल पढ्दा पढ्दै विदेशको विश्वविद्यालयमा पढ्ने अवसर पाएमा उसको क्रेडिट ट्रान्सफर हुने व्यवस्था छ । उसले विदेशमा गएर यहाँ पढिसकेको कोर्ष फेरि पढ्न नपर्ने यो विश्वकै उत्कृष्ट व्यवस्था हो । नेपालमा यसको परीक्षा सञ्चालन बि्रटिस काउन्सिलले गर्छ ।

ए लेभलले के गर्छ ?

ए लेभल पढेका विद्यार्थीहरुले बेलायत, अमेरिका, क्यानाडा र युरोपका सबै मुलुकका विश्व विद्यालयको ४ वर्षे कोर्षमा ३ वर्ष मात्र पढे पुग्छ

ए लेभलले विद्यार्थीलाई आत्मविश्वासी बनाउँछ र जिम्मेवारी बहन गर्न सिकाउँछ । यसले विद्यार्थीलाई परिवर्तनशील बन्न सिकाउनेमात्र होइन बौद्धिक र तार्किक क्षमता विकास गर्छ । किनकि यसको शैक्षिक प्रणाली नै व्यावहारिक र विश्व प्रतिस्पर्धी छ । ए लेभल सकेपछि विद्यार्थीले आफ्नो विषयगत अध्ययनका आधारमा चिकित्शा शास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी जुनसुकै विषयमा पनि अध्ययन गर्न विश्वका जुनसुकै विश्वविद्यालयमा पाउछन् । नेपालमा ए लेभेल पढेपछि इन्जिनियर पढ्न पाइँदैन भन्ने भ्रम पनि कतिपयमा छ, तर त्यो सत्य होइन ।ब

ए लेभल पढेर धेरै विद्यार्थीले डाक्टर, इन्जिनियर, नर्स बनेका छन् । विषयगत अध्ययनका आधारमा नेपालमा चिकित्साशास्त्र पढ्नका लागि भौतिक शास्त्र, रशायनशास्त्र, जीव विज्ञान र जिपी पढेको हुनुपर्छ । त्यस्तै भौतिक शास्त्र, रशायनशास्त्र, गणीत र अतिरिक्त गणित पढेपछि इन्जिनियर पढ्न पाउँछ ।ब

लेखा, बजार शास्त्र, र अर्थशास्त्र पढ्नेले बिबिए पढ्न पाउछ । नेपालमा धेरै विद्यार्थीले ए लेभल कसेर स्नातक तहमा आफूले चाहेको संकायमा पढिरहेका छन् ।

यसले विश्वविद्यालय शिक्षाका लागि श्रेष्ठता कायम गरेको छ । ए लेभल पढेका विद्यार्थीहरुले बेलायत, अमेरिका, क्यानाडा र युरोपका सबै मुलुकका विश्व विद्यालयको ४ वर्षे कोर्षमा ३ वर्ष मात्र पढे पुग्छ । किनकि ए लेभल पास गरेकाहरुले ४ वर्ष पढ्न नपर्ने मान्यता दिइएको छ । त्यसैले ए लेभल अब नेपाली विद्यार्थीका लागि विश्वमा प्रतिस्पर्धा गर्नका लागि ढोका खोलेर आएको छ । ब

(उच्च माध्यामिक विद्यालय एशोसियसन हिसानका सचिव भण्डारी, जेभियर इन्टरनेशनल कलेज कालोपुलका कार्यकारी निर्देशक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment