Comments Add Comment

यूएईमा देउडा गीतमै खोजियो नयाँ संविधान  

UAEदुबई । यूएर्इमा रहेका सुदूरपश्चिमेलीहरूले पिकनिक कार्यक्रम अायाेजना गरी देउडा नाँच्दै नयाँ वर्ष मनाएका छन् । सुदूरपश्चिम सेवा समाज यूएईको अायाेजनामा पिकनिक कार्यक्रम गरिएकाे हाे । शुक्रबार शुभकामना आदान प्रदानका साथ भएको पिकनिक कार्यक्रममा उनी देउडा गाए अनि देउडा नाँचे ।

जबिल पार्कमा ओठओठमा मुस्कान छाअाेस्, घर घर हर्ष नेपालमा संबिधान आअाेस् यहि नयाँ बर्ष भन्ने देउडा गीत गाएर शुरु गरिएको सुदूरपश्चिम सेवा समाज यूएईको शुभकामना आदानप्रदान तथा वनभोजसँगै देउडा खेले ।

देउडा गीत गाएर शुरुवात गरिएको कार्यक्रममा बोल्दै ‘मुस्कान’ले सुदूरपश्चिममा मनाउने बिसु त्यार, देउडा र सुदूरपश्चिम सेवा समाज यूएईले आजसम्म गरेका क्रियाकलापकोबारेमा जानकारी दिए । ‘मुस्कान’ले बिचबिचमा देउडा गीत सुनाएर मनोरन्जन दिए ।

संस्थाका सल्लाहकार लक्षमण अधिकारीद्वारा उपस्थित अतिथि तथा सहभागीहरुलाई आफ्नो मौलिक भाषामा छोटो मिठो स्वागत मन्तब्य दिदै सुदूरपश्चिममा मनाउने बिसु त्यार, देउडा खेलकोबारेमा प्रस्ट पार्दै नयाँ वर्ष २०७२ सुखमय रहोस भन्ने भावना प्रकट गरे ।

 त्यसैगरि सो कार्यक्रमका प्रमुख अतिथि नेपाली समाज यूएईका पूर्व अध्यक्ष कृष्ण ढकालले रोजगारीको शिलशिलामा यूएईमा कार्यरत सुदूरपश्चिमबासीहरुले एकजुट भई समस्या परेका नेपालीहरुको भलाई र गरिब असहायलाई सक्दो सहयोग गर्ने हेतुले चालेका कदमले सदा सफलताको शिखर चुमोस् भन्ने भावना ब्यक्त गरे ।

यूएईका सबै नेपाली संघ संस्थाहरु एकजुट भएर काम गर्नु पर्ने कुरामा जोड दिएका थिए । पहिलो पटक नेपाल भन्दा बाहिरका देशमा भएको देउडा खेलमा देउडा गायक मानबहादुर केसी’मुस्कान’ र देउडा लेखक लक्षमण अधिकारीबीच लगभग चार घण्टा चलेको दोहोरीले जाबेल पार्कमा उपस्थित नेपाली मात्रै नभएर अरु देशका ब्यक्तिहरुको पनि मन जितेका थिए ।

संस्थाका अध्यक्ष शिवराज जैशीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली समाज यूएईका पूर्व अध्यक्ष कृष्ण ढकाल प्रमुख अतिथि थिए भने कार्यक्रमको सञ्चालन देउडा गायक तथा संस्थाका महासचिव मानबहादुर केसी ‘मुस्कान’ ले गरेका थिए ।

 (गीतामणि पाण्डे/खेमराज खनालबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment