Comments Add Comment

मर्इ १ मा नेपालीहरुलार्इ युएईमा नि:शुल्क स्वास्थ्य सेवा  

निमकान्त पाण्डे

दुबई ।  अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मई १ को अवसर पारेर नेपालीहरुका लागि युएईमा नि:शुल्क सेवा दिइने भएको छ । दुबई र सारजाह लाई सेन्टर पारेर अल्मुलापल्जा नजिकै रहेको लुलु मार्केटसगै जोडिएको (THUMBAY HOSPITAL) थुम्बय हस्पिटलमा शुक्रबार मर्इ १ का दिन बिहान ९ बजेदेखि ५ बजेसम्म कार्यक्रम संचालन हुने जनाइएको छ ।

thomboy hospitalशिविरमा आउन जानलाई यातायातको समेत ब्यवस्था गरिएको युएईमा रहेका समाजसेवी तथा संघ सस्थाका प्रतिनिधिहरुले यस कार्यक्रममा सहयोग र सहभागिता जनाउन सकिने सालिक सुबेदी बताए ।

बैदेशिक रोजगारीमा रहेका समयमा बदलिएको जीवनशैलीका कारण विभिन्न रोगहरुबाट प्रभावित हुने हुँदा शारीरिक निष्क्रियता, मोटोपना, असन्तुलित खानपान, मदिरा तथा धूमपानको प्रवृत्ति, मानसिक तनाव लगायतका कारण हृदयाघात,सुगर तथा अन्य बिभिन्न समस्या देखा पर्न सक्ने अवस्थालाई मध्य नजर गर्दै एभरेष्ट इन्टरनेसनल कन्सल्टेनसीका प्रोपाइटर तथा समाजसेवी सालिक सुवेदीले यस कार्यक्रम ल्याउन लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment