Comments Add Comment

स्टारको रियल लाइफः हाफ पाइन्टमा हिरो, मेकअप गर्दैनन् हिरोइन

मुम्बई । सिनेमामा जस्तो देखिन्छ, कलाकारको वास्तविक रुप पनि त्यस्तै हुन्छ भनेर सोच्नुभयो भने तपाई गलत हुनु हुनेछ । किनकी कलाकारले बाँच्ने ‘रिल’ र ‘रियल’ लाइफवीच आकाश पातालको भिन्नता हुन्छ ।

पर्दामा सफाचट हुने कतिपय कलाकार वास्तविक जीवनमा ‘रफटफ’ देखिन्छन् । पर्दामा सधै दारीवाल देखिनेहरु वास्तविक जीवनमा कहिल्यै दाह्रीमा देखिन्नन् । अनि पर्दामा निकै सुन्दरी देखिने हिरोइनहरु कतै सार्वजनिक स्थानमा तपाईले नचिन्न सक्नुहुन्छ, किनकी उनीहरु पर्दामा जति राम्रा देखिन्नन् ।

केही नायकहरु यस्ता छन्, घरमा बस्दा मात्रै हैन चप्पल र ट्रयाकसुटमा सिंगै शहर घुम्न पनि लाज मान्दैनन् । प्रायः टिसर्ट घरमा बस्ने हिरोईन मेकअप गर्न जाँगर लगाउँदैनन् ।amir

‘टाईम्स अफ इण्डिया’ले बलिउडका केही चर्चित कलाकारको रियल लाइफको नालीबेला उतारेको छ ।

खैरो ट्रयाकसुट, सेतो टिसर्ट र कालो चप्पलमा सलमान खान साथीहरुसँग घुमिरहेका हुन्छन् । दार्‍ही पनि राम्ररी मिलाएका हुँदैनन् ।

टिसर्ट, हाफ पाईन्ट र जुत्ता लगाएर गाडीको ढोका खोल्दै गरेकी आलिया भट्ट प्रशन्न मुद्रामा छिन् । एक्सन स्टार ऋतिक रोशन पनि घरमा बस्दा ट्रयाक, टिसर्ट र चप्पलमै रमाउँछन् ।

शाहरुख खानको पनि खासै फरक छैन । गर्मीयाममा स्याण्डोमा रमाउने शाहरुख घरमा एक्लै बस्दा पनि केही क्रिएटिभ काम गर्छन् । दीपिका पादुकोण त रामनाम लेखेको पछयौरा ओढेर मन्दिर गएको भेटिईन् । धर्मप्रति आस्था राख्ने दीपिका फुर्सदमा सिद्धिविनायक मन्दिर जाने गर्छिन् ।

sonakchhi

टिसर्ट र हाफ पाईन्टमा सहज महसुस गर्ने अर्का नायक हुन् रणबीर कपुर । अर्का अभिनेता बरुण धवन टिसर्ट र हाफ पाईन्टको साथै क्याप छोड्दैनन् । घरमा बस्दा पि्रयंका चोपडा कहिल्यै मेकअप गर्दिनन् । कपडा पनि सामान्य खालकै लगाउने गरेकी छिन् । नायक रणबीर सिंह भने अलि फरक छन् । उनी टाउकोमा रिक्याप पनि बाँध्छन् ।

सामान्य भेष्टमा घरमा भेटिएकी कटि्रना कैफ पनि सुटिङ नभएको वेला प्रायः मेकअप गर्दिनन् । बलिउडमा ‘पर्फ]{टम्यान’ भनिने आमिर खानको पनि घर बस्दा लगाउने पोशाक टिसर्ट र हाफ पाइन्ट नै हो ।

मोटी भनेर आलोचना खेपेकी नायिका सोनाक्षी सिन्हा घरमा बस्दा पनि लुज टाईपकै लुगा लगाउँछिन्, ताकि आफ्नो मोटो ज्यान नदेखियोस् । अभिनेता सेफ अलि खान प्रायः इजार भएको हाफपाईन्ट लगाउँछन् । अनुष्का शर्मा पनि सामान्य पोशाकमा बस्छिन् घरमा । मेकअप नगर्ने अनुष्का प्रायः सर्ट लगाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment