Comments Add Comment

फेसबुकले ल्यायो कलर आइडी सुबिधा, नचिनेको नम्बरबाट फोन गर्नेको नालीबेली आउने

Facebook-logo-reuters-

सामाजिक संजाल फेसबुकले यस्तो नयाँ फिचर ल्याएको छ जसले अब तपाईंलाई कसैले नयाँ नचिनेको नम्बरबाट फोन गर्‍यो भने कलसँगै उसको नारा नालीवेली तपाईंको मोबालमा आउँछ ।

फेसबुकले हालैमात्र एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि नयाँ कलिङ एप ‘हेलो’ सार्वजनिक गरेको छ ।

यो एपले फेसबुक अकाउण्टको डाटा प्रयोग गरी को व्यक्तिले फोन गरिरहेको छ भन्ने कुरा पत्ता लगाउने र अनाबश्यक ब्यक्तिको कल ब्लक गर्न सहयोग गर्नेछ ।

यो एपले आउने तथा जाने कल नम्बरलाई फेसबुक प्रोफाइलको डाटासँग म्याच गरी कलिङ गर्ने वा गरिने व्यक्तिको बारेमा जानकारी प्रदान गर्दछ । साथै यसले प्रयोगकर्ताले ब्लक गरेका नम्बरहरुबाट आएका कलहरु आफै ब्लक गरिदिन्छ ।

यद्यपि आफ्नो फेसबुक अकाउण्टमा फोन नम्बर शेयर गरेकाहरुको बारेमा मात्र यो एपले जानकारी दिनसक्छ, अन्यथा सक्दैन ।

फेसबुकले हेल्लो एप हालका लागि अमेरिका, ब्राजिल तथा नाइजेरियामा मात्र परीक्षणका रुपमा उपलब्ध गराएको छ ।

यो एप प्रयोग गर्नका लागि स्मार्टफोनमा एप डाउनलोड गरेपनि फेसबुक साइन इन गर्नुपर्छ अनि आफ्ना कन्ट्याक्ट नम्बरहरुलाई फेसबुकमा सिंक्रोनाइज गर्नुपर्छ ।

त्यसपछि तपाइँको मोबाइलमा कसैले फोन गर्यो भने यो एपले कुन व्यक्तिले फोन गरेको हो भन्ने जानकारी दिन्छ, यदि तपाइँको मोबाइलमा उसको नम्बर तथा नाम सुरक्षित छैन भनेपनि ।

साथै यसले वाइफाइ इन्टरनेटको उपलब्धतामा निःशुल्क कलिङलाई समेत प्रबर्द्धन गर्ने बताइएको छ ।

फेसबुकको हेलो एपलाई अर्को चर्चित भ्वाइस कलर आइडी एप ट्रुकलरको प्रतिस्पर्धी मानिएको छ ।

फेसबुकले केही समय पहिले मात्र समाचार पढ्ने एप ‘पेपर’ तथा भिडियो शेयरिङ एप ‘रिफ’ सार्वजनिक गरेको थियो, जसले खासै सफलता प्राप्त गर्न भने सकेका छैनन् । -एजेन्सीको सहयोगमा

फेसबुकको हेलो एपलाई अर्को चर्चित भ्वाइस कलर आइडी एप ट्रुकलरको प्रतिस्पर्धी मानिएको छ ।

फेसबुकले केही समय पहिले मात्र समाचार पढ्ने एप ‘पेपर’ तथा भिडियो शेयरिङ एप ‘रिफ’ सार्वजनिक गरेको थियो, जसले खासै सफलता प्राप्त गर्न भने सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment