Comments Add Comment

विवाद भएपछि ऐश्वर्याको विज्ञापन हटाइयो

aishwarya-rai-wallpaper-17मुम्बई । अभिनेत्री ऐश्वर्या राय बच्चनले अभिनय गरेको एक गहनाको विज्ञापनका विषयमा ब्यापक विवाद भएपछि हटाएको छ ।

विज्ञापन नश्लीय सोँचवाट प्रेरित हुनुको अतिरिक्त वच्चालाई कामदारको रुपमा ब्याख्या गरे जस्तो बुझिएको भन्दै बिरोध हुँदै आएको थियो ।

विज्ञापनमा गहनाले सजिएकी ऐश्वर्या रायको पछाडी एकजना दुब्लो पातलो र कालो छाला भएको एक वालक बसिरहेको हुन्छ ।

सामाजिक कार्यकर्ताको एउटा समुहले लेखेको खुल्ला पत्रमा उक्त तस्बिरका विषयमा आपत्ति जनाएका थिए । तर, ऐश्वर्याका प्रवक्ताले विज्ञापनमा देखाईएको तस्बिरलाई अन्तिम रुपमा दिने काममा ऐश्वर्याको संलग्नता नभएको जनाएका छन् ।

यो विज्ञापन गएको हप्तादेखि पत्रिकामा छापिन सुरु भएको थियो । विज्ञापनको वारेमा विवाद भएपछि कल्याण ज्वेलर्सले पनि माफी मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment