Comments Add Comment

देश रोएको वेला म हाँस्न सक्दिनः धुर्मुस

विकाश न्यौपाने/अनलाइनखबर 

dhurmus
अमेरिकाका विभिन्न शहरहरुमा हास्यव्यङ्गत्माक एवं सांगीतिक कार्यक्रम गर्दे आएका कलाकार सिताराम कट्टेलले देश रोएको वेला आफू हाास्न नसक्ने बताएका छन् । उनले नेपालमा गएको विनासकारी भूकम्पवाट दुखी भएको बताए । कट्टेलले अमेरिकामा तय भएका आफ्ना सम्पूर्ण कार्यक्रमहरु रद्द गरिसकेका छन् ।

उनीहरु नेपाल फर्कनका लागि तयारी गरिरहेका छन् । अनलाइनखबरसाग कुरा गर्दै हास्य कलाकार तथा नेपाल सरकारको सरसफाई दुत सिताराम कट्टेलले भूकम्पवाट नेपाली जनजीवनमा पर्न गएको क्षतिले निकै भावुक वनाएको बताए । उनले भने –
भोकै प्यासै देख्छु सवै गाह्रो भयो वाँच्न
देशै रोएको वेलामा सक्दिन म हाँस्न ।।

यसैविच कलाकार कट्टेल र उनकी श्रीमति कुन्जना घिमिरेले अमेरिकामा रहि विभिन्न कार्यक्रम वाट उठेको रकम एवं नेपाल सरकारको सरसफाई दुतका रुपमा उठेको पैसा रु। १६ लाख पचास हजार रुपैंया भूकम्प पीडितहरुलाई राहत स्वरुप उपलव्ध गराउने भएका छन ।

उक्त टोलीमा कलाकार सिताराम कट्टेल र उनकी श्रीमति कुन्जना घिमिरे वाहेक चर्चित गायक प्रमोद खरेल, पशुपति शर्मा एवं संगिता थापामगर रहेका छन । उनीहरु यही मे २, शनिवारका दिन नेपाल उड्ने तयारीमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment