Comments Add Comment

मजोज गजुरेलले भूकम्प पिडितलाई हँसाउँदै राहत बाँडे

manojकाठमाडौं । चोटिलो ब्याङ्ग्य गरेर दर्शकलाई हँसाउँदै आएका चर्चित कलाकार मनोज गजुरेल शनिबार बिहान सशस्त्र प्रहरी कार्यालयको लामोसाँघुमा जम्मा भएका बालबालिकाहरुलाई हसाउँदै खानेकुरा बाढीरहेका थिए ।

अलि अलि हसाउँदै खानेकुरा दिंदै गर्दा बालबालिकाहरु उनीसँग झुमिरहेका थिए । ‘भुकम्पको त्रासले धेरै जना विपत्तिमा हुनुहुन्छ त्यसकारण अलि अलि हँसाउनुपनि पर्छ ।’ गजुरेलले अनलाइनखबरसँग कुरा गर्दै भने ।

गजुरेले भुकम्प आएको दुई दिनपछि एउटा ठुलो टिम लिएर सिन्धुपाल्चोकको भुकम्प पीडितहरुको लागि राहत र स्वास्थ्यकर्मी लिएर पुगेका थिए । गायत्री परिवार नेपाल, नोबल अस्पताल र सिस्नुपानी नेपालको संयोजनमा कलाकार गजुरेल भुकम्प पीडितहरुलाई सहयोग गरीरहेका छन् ।

‘काठमाडौंको सिद्धार्थ कटेजमा बनाइएको हाइजेनीक खानेकुरासहित हामी यहाँ आएका छौ, जिल्लाको अवस्था एकदमै विकराल रहेछ ।’ गजुरेलले भने ।

राजधानीमा विभिन्न स्थानमा सहयोगी हातहरुसँग हात थापेर, केही संस्थागत र व्यक्तिगत खर्चमा आफुहरु जिल्लामा आएको गजुरेलले बताए । लामोसाँघु, तौथली, बाह्रविसे लगायतका स्थानमा गएर घाइतेहरुको उद्धार,खाद्यन, लत्ताकपडा र घाइतेहरुको उपचार गरेको उनले जानकारी दिए ।

तस्विर ः दीनेश थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment