Comments Add Comment

पाखुराभित्र तेल र रक्सी कोचेपछि….(फोटो फिचरसहित)

Romario-Dos-Santos-Alves
सुगठित जिउ बनाउने रहर सबैलाई हुन्छ । छाति र बाइसेप मजबुत बनुन् भन्ने इच्छा कसलाई नहोला र ? जिउ बनाउनका लागि मानिसहरुले पोषिलो भोजनसँगै कडा व्यायाम गर्छन् तर एकजना युवाले भने पाखुराको मासुभित्र सुइमार्फत तेल र रक्सी हालेर निकै भयानक बाइसेप तयार गरेका छन् ।

ब्राजिलका २५ वषर्ीय रोमारियो डोस सान्तोस अल्भेसले फिल्मी पात्र हल्ककै जस्तो जिउ बनाउने भन्दै आफ्ना बाइसेपमा तेल, पेनकिलर र अल्कोहलको ककटेल सुइमार्फत भरे, जसको परिणाम निकै नै भयानक देखियो ।

उनका पाखुरा, घाँटी तथा छाति अहिले साँच्चीकै विश्वस्तरीय बडी विल्डर्सको जस्तै भएको छ । आफ्नो जिउलाई उनी अहिले केटाकेटी तर्साउन प्रयोग गर्छन् तर यसबाट उनलाई धेरै खाले स्वास्थ्य समस्या देखिन थालेका छन् ।

एक सन्तानका बाबु समेत रहेका रोमारियोलाई आफ्नो त्यस्तो कामप्रति अहिले पश्चाताप लागेको छ । पाखुरामा भरेको तेल र रक्सीको झोलका कारण एकपटक झण्डै आफ्नो पाखुरा नै काटेर फ्याँक्नुपरेको उनी सम्झिन्छन् । डाक्टरहरुले आफ्नो पाखुरा पूरै काम नलाग्ने चट्टान बनिसकेको हुँदा काटेर फ्याँक्नुपर्ने भनेर तर्साएको उनी सम्झिन्छन् ।

Romario-Dos-Santos-Alves (3)

बडेमाको मांशपेशी बनाउने लहडमा आफु झण्डै मरेको भन्दै उनले आफुलाई देख्दा तर्सिएर अरु मानिसमा यस्तो लडह नजागोस् भन्ने आफ्नो चाहना रहेको बताउँछन् ।

काल्डास नोभास भन्ने ठाउँबाट गोइयानिया भन्ने ठाउँमा बसाइ सरेपछि रोमारियोमा बडी बनाउने लहड चलेको रहेछ । सुरुमा खुबै जिमखाना धाएका उनले छोटै समयमा अरुको भन्दा ठूलो बडी बनाउने भन्दै साथीहरुकै लहलहैमा पाखुरामा सुइमार्फत तेल, रक्सी र पेनकिलर औषधिको घोल हाल्न थालेछन् । यसो गर्दा निकै छिटो बाइसेप बढ्न थालेपछि उत्साहित बनेका उनमा यस्तो सुइ हान्ने लत नै लागेको रहेछ ।

तर विस्तारै पाखुराका मांसेपेशी ढुगाजस्तै बनेर सुइ समेत नघोँचिएपछि उनी झसँग भएछन् । अनि उनी अस्पताल भर्ना भएछन् । लामो समयको उपचार पछि मात्र उनको अवस्था सामान्य बन्यो र हात काट्नु परेन । दुइ वर्षदेखि उनले पाखुरामा यस्तो सुइ घोँच्न छाडिसकेका छन् ।

Romario-Dos-Santos-Alves (3)

Romario-Dos-Santos-Alves (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment