Comments Add Comment

इयूले नेपाललाई १ अर्ब ८६ करोड सहयोग गर्ने

२२ वैशाख, काठमाडौं । विनाशकारी भुकम्पबाट प्रभावित नेपाललाई युरोपेली युनियले १ करोड ६६ लाख युरो अर्थात १ अर्ब ८६ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

European-Union-(-EU-)युरोपेली आयोगले उक्त सहयोग रकम स्विकृत गरेको र यही हप्ता नेपाल सरकारलाई हस्तान्तरण गर्ने युनियद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । यो सहयोग रकम नेपाल सरकारलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरिने बताइएको छ ।

युरोपेली आयोगका अनुसार नेपालस्थित युरोपियन युनियन तथा राष्ट्रसंघीय मिसनको तर्फबाट संयुक्त रुपमा ३० लाख युरो अर्थात ३३ करोड ६० लाख रुपैयाँ आपतकालीन सहायताका लागि मंगलबार नेपाल सरकारलाई उपलब्ध गराएको छ ।

यो सँगै भुकम्पपश्चात युरोपेली आयोगले नेपाललाई प्रदान गरेको सहायता रकम २ करोड २६ लाख युरो अर्थात २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ पुगेको इयुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment