Comments Add Comment

‘टप मोडल बेल्जियम’मा नेपाली चेली योगिता

yogita

बसन्त रानाभाट ,बार्सिलोना
वैबाहिक जीवनमा जोडिएको १३ बर्ष पुगिसक्दा पनि मोडलिङलाई आफ्नो करिअर बनाएकी योगिता थापा सपनाको धेरै नजिक पुगेकी छिन् । ‘टप मोडल बेल्जियम सिनियर २०१६’को संकरणका लागि हाल सेमिफाइनलमा उनी प्रतिस्पर्धा गरिरहेकी छिन् ।

२ छोराकी आमा योगिता परिवारको हौसलाका कारण आफू निरन्तर यो क्षेत्रमा लागेको बताउँछिन् । उनले गायक ओम विक्रम बिष्टको ‘आवाज देउ’, दिव्य ज्योतीको ‘नजर’ बोलको गीतमा मोडलिङ गरिसकेकी छिन् । सन् २००४ देखि चल्दै आएको एक चर्चित प्रतियोगीता हो ‘टप मोडल बेल्जियम’ ।

यसमा जुनियर र सिनियर गरि २ प्रकारका प्रतिस्पर्धा हुन्छन् । जुनियरतर्फ महिला र पुरुष दुवैलाई सहभागी गराइएपनि सिनियरतर्फ भने महिलाले मात्र प्रतिस्पर्धा गर्दै आएका छन् । यसको अन्तिम प्रतिस्पर्धा सन् २०१६ मा बेल्जियममा हुनेछ ।

नेपाली चेली योगिताले सपना पुरा गर्नका लागि युरोपमा बस्ने नेपालीसँग भोटको अपिल गरेकी छिन् । प्रतियोगीहरुलाई भोट गर्नका लागि बेल्जियम, लुक्सम्बर्ग र फ्रान्सबाट एसएमएस भोटिङ गर्न सकिनेछ ।

नेपाली चेली थापालाई बेल्जियमबाट भोट गर्नको निम्ति TMBC507 लेखि 3565 मा , फ्रान्सबाट TMBC507 लेखि 81013 मा र लक्जम्बर्गबाट TMBC507 लेखि 64747 मा आफ्नो मोबाईलबाट एसएमएस भोट गर्न सकिन्छ।

सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेकाहरुलाई जुन ५ सम्म भोट गर्न सकिने आयोजकले बताएको छ । नेपाली चेली योगिताले अनलाइनखबरसँग कुरा गर्दै भनिन्-‘यो मैले देखेको सपना हो । यसमा नेपाली समुदायको हात सबैभन्दा ठूलो छ । उपाधी जित्न सके भने मेरो पुरस्कार नेपालका भूकम्प पीडितका लागि सहयोग गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment