Comments Add Comment

घर भत्किएकालाई जस्ता किन्न १५ हजार पठाइयो

८ जेठ, काठमाडौं । महाभूकम्पबाट घर भत्किएका करीव ८ लाख परिवारका लागि सरकारले तत्काल अस्थायी टहरा बनाउन जनही १५ हजार रुपैयाँ दिने गरी सम्बन्धित जिल्लामा पहिलो किस्ता पठाएको छ ।

गृहमन्त्रालय अन्तर्गत दैवीप्रकोप उद्धार तथा समन्वय समितिले विहीबारमात्रै ती जिल्लाहरुमा २ अर्ब ५० करोड रुपैयाँ पठाएको गृहमन्त्रालयका सहसचिव रामेश्वर दंगालले बताए ।

अस्थायी आवासका लागि प्रतिपरिवार १५ हजार रुपैयाँ शुक्रवारबाटै वितरण हुने उनले बताए । ‘पैसा जिल्ला दैवी प्रकोप समितिमा गइसकेको छ, अब पहिलो चरणको रकम वितरण हुनेछ’ उनले भने ।

प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्दार कोषबाट गृह मन्त्रालयलाई बुधवारमात्रै ४ अर्ब रुपैया निकासा दिइएको थियो । पहिलो चरणमा अढाई अर्ब वितरण भएपछि बाँकी लागत आउनासाथ फेरि पठाइने गृहमन्त्रालयले जनाएको छ ।

भूकम्पबाट घरबास गुमाउनेहरुलाई परिचयपत्र वितरण गर्न परिचयपत्रको नमूना जिल्लामा पठाइ सकिएको दंगालले अनलाइनखबरलाई बताए । ‘अब तत्काल अस्थायी बासस्थान निर्माण र धराप संरचना भत्काउने काममा सरकार केन्द्रित हुनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment