Comments Add Comment

कांग्रेस नेता पौडेलले रामेछापमा बनाए अस्थायी घर

pradip-poudel

११ जेठ, काठमाडौं । महाभुकम्प पीडितहरुका लागि अस्थायी घर टहर निर्माण गर्ने अभियानमा जुटेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको टोलीले रामेछापमा ३० ओटा घर निर्माण गरेको छ ।

रामेछापको भीरपानी गाविसस्थित लाप्का गाउँमा ३० वटा अस्थायी घर टहरा निर्माण गरेर पौडले तनहु पुगेका छन् । ५० जना इन्जिनियर तथा प्राविधिक सहित दुई सय जनाको टोलीले अस्थायी घर टहरा निर्माण गरेको हो ।

लागि स्थानीय बासिन्दाले आवश्यक काठपात तथा बाँस उपलब्ध गराएका थिए ।   जस्तापाता तथा टिनका लागि सन्नी सगरमाथा सोसाइटी सहित दाताहरु ईश्वरप्रसाद सापकोटा, नारायण खनाल, दिपेन्द्र तिमल्सिना, निमा गुरुङ, शंकर खड्का र बोस्टन कलेजका आनन्द चन्दबाट आर्थिक सहयोग प्राप्त भएको पौडेले बताए ।

pradip-poudel1

‘घर, निर्माणका अतिरिक्त हामीले २० घरमा भग्नावशेष सरसफाइको काम पनि गरेका छौं, यो अभियान जारी रहनेछ’ पौडेलले भने ।

पौडेल नेतृत्वको टोलीले यसै साता गोर्खाको पालुङटारस्थित उपल्लो मालती गैरामा ५३ वटा अस्थायी घर टहरा निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment