+
+
Shares

अबैध लागू औषध स्म्याकसहित भारतमा नेपाली युवती पक्राउ

११ जेठ, नेपालगञ्ज । अबैध लागू औषध स्मेकसहित एक नेपाली युवतीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ ।

३४ ग्राम अबैध लागू औषध स्मेकसहित दाग घर भएकी २६ वषर्ीया मिना वली पक्राउ वरेका हुन् । एसएसबी सातौं बाहीनी रुपैडिहा पोष्टका प्रहरी निरीक्षक विजय कुमारले स्मेकसहित पक्राउ परेकी वली भरिया भएको प्रारम्भीक अनुसन्धानमा पाइएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ११ गते १९:०३

Mina-wali

आरपी सुवेदी

११ जेठ, नेपालगञ्ज । अबैध लागू औषध स्म्याकसहित एक नेपाली युवतीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ ।

३४ ग्राम अबैध लागू औषध स्म्याकसहित दाग घर भएकी २६ वर्षीया मिना वली पक्राउ वरेका हुन् । एसएसबी सातौं बाहीनी रुपैडिहा पोष्टका प्रहरी निरीक्षक विजय कुमारले स्म्याकसहित पक्राउ परेकी वली भरिया भएको प्रारम्भीक अनुसन्धानमा पाइएको बताए ।

मिनाले आफुलाई सामान ल्याई दिएवापत २ हजार ज्याला पनि दिने भनेको बयान दिएकी छन् । ‘दाङ्गकै निरु भन्ने महिलाले मिनालाई ५० हजार रुपैयाँ दिएर पठाएको र ४८ हजार रुपैडिहा बस स्टेशन सामान दिन आउनेलाई दिएर ३४ ग्राम स्म्याक बुझेर ल्याउन लाएको भएपनि हतारमा सामान दिनेले पुरै पैसा छिनेर भागेको पाइएको छ’-उनले भने ।

एसएसबी नियन्त्रणमा रहेकी मिनाका साथबाट ८ हजार ६ सय ८२ रुपैयाँ नेपाली, १ सय भारतीय रुपैयाँ र एक थान मोवाइल बरामद भएको छ ।

बरामद भएको स्म्याकको अन्तराष्ट्रिय बजारमा करिव ६ लाख ८० हजार भारतीय रुपैयाँ हुन सक्ने अनुमान गरिएको छ । एसएसबीलाई सुराकीले रुपैडिहा प्राईभेट बसपार्कमा लागू औषधको कारोवार हुँदै गरेको जानकारी दिएको आधारमा परिचालित टिमले मिनालाई नियन्त्रणमा लिएको थियो ।

बरामद स्म्याकसहित मिनालाई रुपैडिहा थानामा बुझाइएको एसएसबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?