Comments Add Comment

राष्ट्रपतिले सैनिक मुख्यालयको निरीक्षण गरे

Rambaran-yadav-Presedent-of

१३ जेठ, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सैनिक मुख्यालयको निरीक्षण गरेका छन् । गत वैशाख १२ गते गएको भूकम्पले क्षति पुर्‍याएको सैनिक मुख्यालयमा राष्ट्रपति यादवसहितको टोलीले निरीक्षण गरेको हो ।

सैनिक मुख्यालयपछि आजै राष्ट्रपति यादव भूकम्पले क्षति पुर्‍याएको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको भवन निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

यसअघि राष्ट्रपतिले सिंहदरबारका मुख्य प्रशासकीय भवनहरुका साथै सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालयसमेत निरीक्षण गरेका थिए । शुरुमा राष्ट्रपतिले प्रधानमन्त्री कार्यालयको अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment