Comments Add Comment

चार हजार विस्थापित राजधानीमा

Thali Shibir (7)

१४ जेठ, काठमाडौं । वैशाख १२ गते शक्तिशाली भूकम्प र लगतार अनुकम्पनबाट असुरक्षित महसुस गर्दै राजधानीबाट १० लाखभन्दा बढी बाहिरिए पनि यही कारणले आश्रयविहीन भएका अति प्रभावित विभिन्न जिल्लाका करि चार हजार विस्थापित राजधानीमा आश्रय लिइरहेका छन् ।

अनुकम्पको शृंखला नरोकिएपछि सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा बास गुमाएकाहरु गाउँका गाउँ छाडेर उपत्यका छिरेका थिए । उनीहरु काठमाडौं, भक्तपुर र ललितपुरका खुला स्थानमा अस्थायी शिविर बनाएर बसिरहेका छन् । यस्ता अधिकांश शिविर सरकारी जग्गामा बनाइएको नागरिकमा खबर छ । नदीकिनारका जग्ग्ा र निजी जग्गामासमेत अस्थायी शिविर थपिने क्रम बढ्दो छ ।

सरकारले उपत्यकाकै भूकम्प प्रभावितका लागि तोकेका १६ अस्थायी शिविर भने अधिकांश रित्तो भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment