Comments Add Comment

भुकम्प पीडित प्राविधिकका लागि ‘कोकाकोला फिगर’

ashisma
असार १ गते चलचित्र ‘अधकट्टी’को काठमाण्डौको कुमारी हलमा च्यारेटी हुने भएको छ । च्यारेटीबाट उठेको सम्पूर्ण रकम भुकम्पबाट प्रभावित बनेका चलचित्र प्राविधिकहरुका लागि खर्च गरिनेछ ।

चलचित्रका निर्माता प्रदिप उदयका अनुसार काठमाण्डौको कुमारी हलमा हुने च्यारेटीबाट करिब १० लाख उठाउने लक्ष्य राखिएको छ । आइएएफ नेपाल नामक संस्थाको आयोजना र नायिका ऋचा शर्माको संयोजनमा च्यारेटी शो हुन लागेको हो ।

काठमाण्डौ बाहिरका विभिन्न ५ शहरमा पनि यो चलचित्रको च्यारेटी हुने भएको छ । काठमाण्डौ बाहिरबाट करिब ५ देखि १० लाख सम्म उठ्ने निर्माता उदयको भनाई छ ।

जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र भुकम्पपछि अनिश्चितकालका लागि पछि सरेको छ । काठमाण्डौ भित्र र बाहिर हुने च्यारेटी शोमा पुग्ने जो कोहीले पनि टिकट काट्नु पर्नेछ । नेपाल चलचित्र प्राविधिक संघले हालसम्म ४० जना प्राविधिकहरुले क्षतीको विवरण लिएर आएको जानकारी दिएको छ । उनीहरुलाई घर निर्माण गरिदिने लक्ष्य राखिएको अध्यक्ष मनोज केसीले बताए ।

‘मेरो फिगर कोकाकोला’ बोलको गीतले पनि यो चलचित्रलाई अहिले चर्चामा ल्याएको छ । सुव्रत आचार्यको निर्देशनमा बनेको चलचित्रमा अशिष्मा नकर्मी, रिस्ता बस्नेत, प्रदिप बाँस्तोला, गौरव पहारी, विल्सन विक्रम राइको मुख्य भूमिका छ । असार महिनाभर काठमाण्डौ बाहिरका ५ स्थानमा च्यारेटी आयोजना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment