Comments Add Comment

च्याम्राङबेसीका भूकम्पपीडित खोपासीमा भाडाको टहरामा

१५ जेठ, काठमाडौ । काभ्रेको विकट डाँडापारीको च्याम्राङबेसी गाविस-९ तांग्रेमाराङका कुलबहादुर थिङ वर्षौदेखि बस्दै आएको गाउँबाट विस्थापित भएका छन् ।

भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएपछि र घरभन्दा माथि गएको र जानसक्ने पहिरोका कारण अस्थायी टहरा बनाएर बस्नेसमेत अवस्था नभएपछि उनी विस्थापित भएका हुन् ।

उनीसहित च्याम्राङबेसीका कान्छाराम गोले, बीरबहादुर गोले, श्रीमान थिङ लगायतको परिवार अहिले काभ्रेको पनौती नगरपालिकास्थित खोपासीमा टहरामा बसिरहेको राजधानी दैनिकमा खबर छ ।

उनीहरु गोठमा पालिएका सबै पशुपंक्षीसहित खोपासी पुगेका हुन् । ‘घर भत्के पनि टहरा बनाएर बस्नुहुन्थ्यो तर जमिन भासिएको र डाँडाकाँडाबाट पहिरोका कारण ज्यान जालाजस्तो भएपछि बाध्य भएर खोपासी आएर बस्नु परेको हो,’ उनले भने, ‘पाँच घरधुरीसँगै बसेका छौं ।’

गाउँका अधिकांश क्षेत्रमा पहिरोको खतरा देखिएकाले बाँच्न खोपासी सहरमा भाडामा टहरा लिएर बस्नुपर्ने बाध्यता आइलागेको उनले बताए ।

गोले र थिङको परिवार मात्र होइन, च्याम्राङबेंसी-६ का हुद्धराज सापकोटा र लोकनाथ तिमिल्सिना, च्याम्राङबेसी-९ का बमबहादुर थिङका परिवारसमेत विस्थापित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment