Comments Add Comment

जीवित भेटिने आस अझै मरेको छैन्

१५ जेठ, रसुवा ।वैशाख १२ को महाभूकम्प र त्यसपछिका अनुकम्पनले उनलाई पटक–पटक झस्काइरहन्छ। भूकम्पका प्रत्येक धक्कासँगै आफन्त नभेटाउदाँको पीडाले उनको मन काप्न थाल्छ।

भूकम्प जानु सात दिनअघि घरबाट हिँडेका थुमन– ६ का फुर्पा तामाङ लाङटाङको हिमपहिरोमा बेपत्ता भएको महिना दिन बित्यो।

पहिरो खस्यो भन्ने मात्र सुनेकी आमा रोप्पाले छोरो जीवितै भेटिने आसा मारेकी छैनन्। ‘महाभूकम्पको महिना दिन बित्यो, लास भेटिएको छैन, छोरो जीवितै फर्किएला भन्ने आस छ,’ उनले भनिन्। छोरा खोज्न जान लाग्दा उनलाई गाउँलेले रोके। गाउँलेले छोरो जिउँदो छ भने पनि यत्तिका दिनसम्म नआउँदा उनको मन आत्तिएको छ।

उनी छोरो पुरिएको ठाउँसम्म हेर्न जान चाहन्छिन् तर सबैले नजान अनुरोध गरिरहेका छन्। ‘लास भेटिएको भए पनि मन सम्हाल्ने ठाउँ हुन्थ्यो तर कुनै सुइँको नपाउँदा मनभित्र पीडाको आगो दन्किरहेछ,’ उनी भन्छिन् नागरिकमा खबर छ ।

छोरो पहिरोमा पर्योस भन्ने सुनेदेखि उनका आँखा ओभाएका छैनन्। प्रष्टसँग बोल्न पनि सक्दिनन्। कोही भेटे छोराको खबर के छ भनेर सोध्छिन्। छोरा खोज्दै उनी पटक–पटक जिल्ला प्रशासनसम्म पनि पुगिन् तर हिमपहिरोको खतरा देखाएर जान सम्भव नभएको जवाफमात्रै पाइरहिन्। थुमनबाट चार घन्टा हिँडेर स्याफ्रु आइपुगेकी उनी छोरो खोजिदिन सबैसँग हारगुहार गरिरहेकी छन्।

थुमन– ७ कै सोनाम वाङ्दी लामा पनि हिमपहिरोमा हराइरहेका भाइ खोज्दै भौंतारिएका छन्। लाङटाङ पहिरोमा पुरिएका भाइ मिङमार ग्याल्जेनको अवस्था थाहा पाउन उनी आतुर छन्। तर, प्रशासनले सुरक्षाको कारण देखाउँदै उनलाई लाङटाङ जान दिएको छैन।

थुमनका मात्रै चारजना हिमपहिरोमा बेपत्ता छन्। तीमध्ये थुमन– ३ का सिङ्गे घले र थुमन– ७ का फुर्पुतर्के तामाङको अहिले सम्म अत्तोपत्तो छैन।

परिवार गुमाउँदाको पीडाले मन भतभती पोलिरहेछ लाङटाङका निमा तामाङलाई। ‘दुःख बिसाउने ठाउँसम्म छैन, सबै आफैंजस्तै छन्,’ उनले भने। श्रीमती र आमा–बाबुको अझै अत्तोपत्तो छैन। १४ वर्षीय छोरा छिरिङ र १२ वर्षीया छोरी उनको आडभरोसा छन्।

नेपालीमात्रै होइन, विदेशीहरू पनि आफन्तको खोजीमा रसुवा आएर फर्केका छन्। अप्रिल २३ मा तामाङ सम्पदा मार्ग ह’Fदै लाङटाङ पुगेका बेल्जियमका २४ वर्षीय फान्कोइस उरवानी पहिरोमै बेपत्ता छन्। ‘लाङटाङ जाँदैछु भनेर २३ अप्रिलमा खबर गरेको थियो,’ फान्कोइसका दाजु हरमाइन उरवानीले भने, ‘त्यहाँदेखि सम्पर्क छैन। भाइ खोज्न लाङटाङ जाने योजना बनाएर आएका उनले त्यहाँ जाने अनुमति पाएनन्। ‘भाइ खोज्नका लागि मैले नेपाल सरकारसँग अनुमति मागेँ तर दिएनन्,’ उनले भने, ‘हिमपहिरो बगिरहेको छ, खतरा छ भनेपछि रित्तोहात फर्कंदैछु।’

उनीजस्तै थुप्रै विदेशी नागरिक आफन्तको खोजीमा दिनहुँ रसुवा आइरहेका छन्। तर प्रशासन र प्रहरीले सुरक्षाको कारण देखाउँदै लाङटाङ जान रोक लगाइरहेको छ।

पटक पटकको अनुकम्पनले हिमाल हल्लिरहेकाले पहिरो जाने क्रम जारी छ। जोखिम मोलेर केही शव निकालिए पनि धेरैको खोजी हुन सकेकै छैन।

हिमपहिरोले असुरक्षित भएपछि केन्जिङ उपत्यका सारिएका स्थानीयलाई त्यहाँबाट पनि स्थानान्तरण गरेर काठमाडौंको एक्लो गुम्बा पुर्याउइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment