Comments Add Comment

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्यो

Nepal-police-Petrol-pump

१८ जेठ, काठमाडौं । नेपाल आयल निगमले सोमबार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि नेपालमा मूल्य वृद्धि गर्नुपरेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । निगमले भूकम्प पीडितको उद्दार, राहत तथा पुर्नस्थापना नहुँदासम्म पेट्रोलियम पदार्थको मूल्य नबढाउने घोषणा गरेको थियो ।

मूल्य वृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ र डिजेल मट्टतिेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा पुगेको छ । खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने निगमले यथावत राखेको छ ।

मूल्य वृद्धिपछि निगमको नाफा बढेर ७१ करोड ६९ लाख रुपैयाँ पुगेको छ । निगमलाई पेट्रोलमा १३ करोड ५३ लाख, डिजेलमा २५ करोड ९८ लाख, मट्टतिेलमा २ करोड ४७ लाख, हवाई इन्धनमा ३४ करोड ३६ लाख रुपैयाँ नाफा हुने देखिएको छ ।

खाना पकाउने एलपी ग्याँसमा भने निगमलाई ४ करोड ६५ लाख रुपैयाँ नोक्सानी रहेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको घटबढ अनुसार मूल्य समायोजन गर्न थालेपछि आयल निगम नाफामा जान थालेको छ ।

त्यसो त पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ हृवात्तै घटेको छ । जसले गर्दा प्रतिलिटर १३५ रुपैयाँसम्म पुगेको पेट्रोल घटेर १११ रुपैयाँमा आइसकेको छ ।
निगम नाफामा जान थालेपछि भारतीय आयल निगम (आइओसी)लाई बुझाउनुपर्ने सबै बक्यौता रकम चुक्ता गरिसकेको छ । सरकार, सार्वजनिक संस्था र बैंकबाट लिएको ऋणमध्ये अझै २८ अर्ब १६ करोड रुपैयाँ चुक्ता गर्न बाँकी रहेको प्रवक्ता घिमिरेले बताए ।

जसमध्ये नेपाल सरकारको १२ अर्ब ६६ करोड रुपैयाँ रहेको छ भने बाँकी रकम नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नबिल बैंक, बैंक अफ काठमाडौं र एभरेष्ट बैंकको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment