Comments Add Comment

कविता – ‘प्रेम कानून’

सुनिल ‘अनुकूल’

प्रेम सुन्दर फूल हो जसको बास्नाले जीवनलाई सुगन्धित पार्दछ ।
जोवन एउटा भुल हो त्यसको उपेक्षाले जीवनलाई दुर्गन्धित पार्दछ ।।
बगैचामा फूल फुल्दा त्यसको संरक्षणका लागि मालीको खाँचो पर्दछ ।
मान्छेमा  प्रेम झुल्दा त्यसको संरक्षणका लागि कानूनको आवश्यकता हुन्छ ।।
प्रेम दुई आत्माको मिलन हो अनि दुई परिवारको समायोजन ।
कानून दुई महात्माको समझदारी हो अनि दुई पक्षको अभियोजन ।।
कानून र अनुशासन बिनाको राज्य अव्यवस्थित हुन्छ ।
विधान र मिसन बिनाको प्रेम अमर्यादित हुन्छ ।।
सवै कविता भन्छन अनि कवि बन्छन ।
म कवि बन्छु अनि कविता भन्छु । ।
सवै प्रेमी बन्छन अनि प्रेम गर्छन ।
म प्रेम गर्छु अनि प्रेमी बन्छु ।।
कवि बन्न र कविता भन्न कुनै बन्देज छैन ।
प्रेमी  बन्न र प्रेम गर्न कुनै छेकबार हैन ।।
त्यसैले त म प्रेम कानुन कविता लेख्दै छु ।
समाजको वास्तविकतालाई हेर्दै र देख्दै छु ।।
कानुन बिनाको प्रेम प्रेमिका बिनाको प्रेमी जस्तो हो ।
हितयार बिनाको युद्ध मैदान बिनाको खेल जस्तो हो ।।
म फिराद पत्र दर्ता गराउंदै छु तिम्रो प्रेमको अदालतमा ।
म सपथ खादै छु तिम्रो इमान्दारिताको बदलामा ।।
प्रेम गर्दा समाजको मर्यादामा आंच पुग्ने कार्य गर्नु हुदैन ।
प्रेममा धोका पाए भन्दैमा आत्महत्या गरेर मर्नु हुदैन ।।
त्यसैले त प्रेम कानुनको खाँचो छ जुन पीडाले उसको मुटु छुदैन ।
प्रेममा असफल हुँदैमा कानुनको साहारा पाउने हुँदा मान्छे रुँदैन ।।
प्रेमलाई मर्यादित बनाउनुपर्ने छ त्यसैले प्रेम कानुनको वकालत गरेको हो ।
जीवनलाई व्यवस्थित बनाउनुपर्ने छ यसैले प्रेममा कानुनको भूमिका खोजेको हो ।।
अहिलेको प्रेममा कानुनी संरक्षणको आवश्यकता छ ।
अब मलाई प्रेमको ग्यारेन्टी चाहियो ल ।।
कानुनी बन्देज बिनाको प्रेम रस बिनाको उखुको डाठ जस्तै हो ।
त्यसैले प्रेम कानुनको माग गरौं आफ्नो प्रेमको सुरक्षा आफै गरौँ ।।
प्रेम र जीवन नङ र मासु जस्तै हुन् ।
चखेवाको जोडी अनि हाँसो र आँसु जस्तै हुन् ।।
प्रेम जीवन कानुन धड्कन हो ।
प्रेमलाई कानुनले हान्छ चड्कन भो ।।
यस्तै छ यहाँको चलन ।
प्रेममा कानुन हुँदा हुदैन विचलन ।।
जय कानुन जय प्रेम ।
माया जालको खेलौं गेम ।।

Sunil-Anukul

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment