Comments Add Comment

खासा क्षेत्रमा रोकिएका सामान ल्याउन पहल सुरु

१४ असार, काठमाडौं । चीनको खासा क्षेत्रमा बाटो अवरुद्ध हुँदा रोकिएको अरवौं रुपैयाँ बरावरको सामान नेपाल ल्याउन कुटनीतिक पहल सुरु भएको छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले यसको पहल थालेका हुन् ।

Mahendra-Pande-with-Uml-lea

  • परराष्ट्रमन्त्री पाण्डेसँग अरुण नेपाल नेतृत्वको टोली

नेकपा एमालेका पोलिटब्यूरो सदस्य अरुण नेपालको नेतृत्वमा नेपाल हिमालय सीमापार वाणिज्य संघका पदाधिकारीसहितको टोलीले सोमवार मन्त्री पाण्डेलाई भेटेर यसको पहल गरिदिन अनुरोध गरेका थिए ।

यसअघि व्यवसायीहरुको आग्रहमा एमाओवादी अध्यक्ष प्रचण्डले नेपालका लागि चिनियाँ राजदूतलाई भेटेर नाका खुलाउन भनेका थिए ।

नेपाली ब्यापारीहरुको दश अरव रुपैयाँ बराबरको सामान बाटोमा अलपत्र परेपछि ब्यापारीहरुले नोक्सानी ब्यहोर्दै आएका छन् ।

चीनको खासा क्षेत्रमा रोकिएका सामानको राजस्व मात्र ४५ करोड रुपैयाँ संकलन हुने कारण पनि सरकारी तवरबाट यसको पहल गरिनु पर्ने एमाले नेता नेपालले बताए ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बच्चु पौडेलले रोकिएका सामान बैलैमा नेपाल ल्याउन नसके धेरै ब्यापारीहरुको उठिबास लाग्ने मन्त्री समक्ष जानकारी गराएका थिए ।

बैशाख १२ मा गएको भुकम्पपछिको सुख्खा पहिरोले बाटो अवरुद्ध हुदा सामान अलपत्र परेका छन् । बर्षा सुरु भएलगत्तै आएको पहिरोले अझै समस्या आएको छ । नेपाली उपकरणले अवरुद्ध बाटो पन्छाउन नसक्ने भएका कारण पनि चीनियाँ पक्षलाई अनुरोध गरिएको छ ।

मन्त्री पाण्डेले नेपालस्थित चीनियाँ राजदूत, चीनस्थित नेपाली राजदूत र ल्हासामा रहेका महावाणिज्य दूतलाई टेलिफोन गरेर अवरुद्ध बाटो खुलाउन पहल गर्न अनुरोध गरेका छन् ।

चिनियाँ सेनाले केन्द्रीय सरकारको आदेशविना नेपाली भूमिका काम नगर्ने कारण पनि बाटो खुलाउन केही समय ढिला भएको मन्त्री पाण्डेले जानकारी दिएका छन् ।

टोलीमा एमाले नेता नेपाल, हिमालय सीमापार वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पौडेल, महासचिव अर्जुन गौतम, बरिष्ठ सचिव अर्जुन कार्की, कोषाध्यक्ष कृष्ण क्षत्री, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष निमफुञ्जो शेर्पा सदस्य प्रेम लामा थिए ।

सो अवसरमा मन्त्री पाण्डेले आफूले सकेको सहयोग गरेर नेपाली ब्यापारीको समस्या सामाधान गर्ने बचन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment