Comments Add Comment

ओलीलाई झाँक्रीको चुनौती : महिला समात्ने मन्त्री नहटाउने ?

१६ असार, काठमाडौं । रोपाइँ उत्सवका नाममा महिलामाथि अश्लील हर्कत गर्ने कृषिमन्त्री हरिप्रसाद पराजुलीको चौतर्फी आलोचना भएको छ । असार १५ मा धान रोप्न मुलपानी पुगेका मन्त्री पराजुलीले जवान महिलामात्र होइन, वृद्ध आमाहरुलाई समेत उन्मत्त व्यवहार गरेका थिए ।
Hari-parajuli-2
मन्त्री पराजुलीकै पार्टी एमालेकी एक नेतृ रामकुमारी झाँक्रीले उनको हर्कतलाई ‘अशोभनीय र अमर्यादित’ बताएकी छिन् । अनलाइनखबरसितको कुराकानीमा झाँक्रीले मन्त्रीको तस्बीर हेर्दा आफैंलाई लाज लागेको प्रतिक्रिया दिइन् ।

‘मैले उहाँका तस्वीरहरु हेरेँ । एउटा मन्त्रीजस्तो व्यक्ति यो हदमा उत्रिनु आपत्तिजनक कुरा हो । नेपालमा मात्र होइन, विश्वका कुनै पनि कुनामा यस्तो व्यवहारलाई सहज मानिँदैन,’ उनले भनिन् ।

अनुशासनहीन मन्त्रीलाई पदबाट हटाउन उनले पार्टी अध्यक्ष केपी ओलीलाई चुनौतीसमेत दिइन् ।
‘मन्त्री फेर्ने कार्यमा उहाँ (अध्यक्ष) निकै छरितो हुनुहुन्छ, यस्तो गम्भीर विवादमा मुछिएका मन्त्रीलाई त पक्कै फेर्नुहोला, हामीले दबाव दिनै नपर्ला’ उनले व्यग्यांत्मक टिप्पणी गरिन् ।

स्वकीय सचिव भन्छन्- मन्त्रीज्यू महिलाबाट फुत्किन खोज्दा…..

Hari-parajuli

मन्त्री पराजुलीका स्वकीय सचिव ले भने महिलाको अंगालोबाट मन्त्रीज्यू फुत्किन खोज्दा त्यस्तो दृश्य देखिएको टिप्पणी गरे । सुरुमा महिलाहरुले हिलो छ्याप्न थालेपछि घटना अघि बढेको उल्लेख गर्दै उनले भने, ‘महिलाहरु आफैं मन्त्रीज्यूसित जिस्किन आएका थिए । मिडियामा आएका फोटोहरु उहाँ महिलाबाट फुत्किन खोज्दाका हुन् । यदि सुरुदेखिको फोटोहरु सबै राखेको भए मन्त्रीज्यूमाथि औंला उठाउने ठाउँ छैन । मन्त्रीज्यू त बडो खुला र दिलदार व्यक्ति हुनुहुन्छ ।’

तर, एभिन्युज टेलिभिजनमा देखिएको दृश्यमा मन्त्री पराजुलीले महिलालाई अँगालो मार्न खोजेको र महिला मन्त्रीको पञ्जाबाट फुत्किएर भागेको स्पष्ट देखिएको थियो ।

यो पनि पढ्नुहोस्

मन्त्रीले मञ्चमै सुर्ती खाएर पिच्च थुकेपछि…

महिला सहकर्मीलाई आँखा लगाउँदै हुनुहुन्छ ? पख्नुस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment