Comments Add Comment

भेटियो विचित्रको छेपारो, घाममा लिंग बदल्ने

chaparoजाडोमा घाम ताप्दा जिउ तंग्रिन्छ, भिटामिन डी पनि पाइन्छ । तर हिन्दु धर्मशास्त्रमा सत्ययुगामा घाम ताप्दाखेरि सूर्य भगवानबाट महिला गर्भवती भएको भन्ने कथाहरु समेत सुन्न पाइन्छ, जुन पत्याउन सकिने कुरै भएन ।

तर पुराणको त्यो कथाभन्दा अझै रोचक तथा अपत्यारिलो घटना अहिलेको कलि युगमै फेला परेको छ । सूर्यको प्रकाशले लिंग नै परिवर्तन हुने प्राणी फेला परेको छ ।

वैज्ञानिकहरुले यस्तो छेपारो फेला पारेका छन् जुन सूर्यको प्रकाशमा लिंग परिवर्तन गर्दछ ।

अस्ट्रेलियन सेन्ट्रल बर्डेड जातको उक्त छेपारो भाले वा पोथी हुने कुरा घाममा निर्भर हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।

फुलबाट बच्चा कोरल्नु अघि घामको मात्रा हेरिकन त्यो बच्चा भाले वा पोथी बन्ने कुरा निधो हुने रहेछ । छेपारोको वासस्थानको रुपमा रहेको मरुभूमि जति धेरै तातो भयो वा घाम तिव्र भयो भने फुलबाट पोथी छेपारो जन्मिने अनुपात बढी हुने देखिएको वैज्ञानिकहरुले बताएका छन् ।

नेचर जर्नलमा छापिएको समाचार अनुसार सरिसृपहरुमा पहिलोपटक सूर्यको प्रकाशले लिंग निर्धारण गर्ने गरेको तथ्य फेला परेको हो ।

छेपारोका बच्चाको लिंग घामको मात्राको आधारमा निर्धारण हुने यो घटनाले पृथ्वीमा बढ्दै गएको जलवायु परिवर्तनमा प्राणीहरु कसरी अनुकुलित होलान् ? भन्ने चासोमा झनै चिन्ता थपेको क्यानबेरा विश्वविद्यालयका शोधकर्ता क्लारी होलेलीले बताइन् ।

पहिलोपटक छेपारोमा यस्तो घटना देखिएको भएपनि जलवायु परिवर्तनका कारण अन्य प्राणीहरुमा पनि यस्तो परिवर्तन आइसकेको हुनसक्ने शोधकर्ताहरुको अनुमान छ ।

अझ रोचक कुरा त के भने यसरी घामका कारण पोथी भएर जन्मिएका छेपाराहरुमा सेक्स क्रोमोजोम हुँदैन र ती बच्चाहरुको लिंग क्रोमोजोमको मिलन भन्दा पनि पूर्णरुपमा अण्डा कोरल्दाको तापक्रममै निर्भर हुने गरेको छ ।

यसरी जन्मिएका पोथी छेपाराहरुले सामान्य मैथुनिक पद्धतिबाट जन्मिएका छेपाराले भन्दा दोब्बर बढी अण्डा पार्ने गरेको समेत पाइएको छ । त्यसैले विश्वमा जलवायु परिवर्तनका कारण तापमान वृद्धि हुँदै जाँदा यो प्रजातिको छेपाराको पोथीको संख्या पनि निकै बढ्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment