Comments Add Comment

एनआरएन नेदरल्याण्डको अध्यक्षमा हिमाल गुरुङको उम्मेदवारी

nrna_logo_latestनेदरल्याण्ड । आगामी अगस्त ९ तारिखका दिन हुन गइरहेको एनआरएन नेदरल्याण्डको अधिवेेसनबाट नेतृत्व छनौट गर्ने दौरानमा जनसम्पर्क समिति नेदरल्याण्डले आफ्ना उम्मेदवार चयन गरेको छ ।

नेदरल्याण्डमा बसी नेपालीहरुमा स्थापित हिमाल गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै एनआरएन आइसीसी प्रतिनिधिका लागि राम कंडेलले उम्मेदवारी दिएका छन् ।
नेपाली जनसम्पर्क समितिले प्रेस विज्ञप्ती जारी गर्दै नेपालीहरुको भावना र मर्मलाई सम्बोधन गर्दै अन्य राजनितिक तथा अन्य संघ संथाहरुसँग सहयोग र छलफल गर्दै एनआरएन नेदरल्याण्डलाई अझ ससक्त र सबल बनाउन सबै छेत्रको सहयोगका लागि अपिल गरेको छ ।

नेदरल्याण्डमा रहेका नेपाली समुदाय र एनआरएन नेदरल्याण्डकोसर्बसम्मत चयनका लागि पहल गर्न समितिका अध्यक्ष दिपक रेग्मीको सम्योजकत्वमा बार्ता, सम्वाद तथा छलफल समिति समेत गठन गरिएको छ । अन्य पदका लागि भने राजनैतिक सहमति र सहकार्यबाट अघि बढ्ने समितिको निर्णय छ ।

-द्राेण रिजालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment