Comments Add Comment

एमालेमा दुब्लालाई ऐन, बलियालाई चैन ?

Hari,-Purushottam-and-Kripa

१७ असार, काठमाडौं । धानखेतमा महिलाहरुसँग इत्तरिएपछि अन्ततः कृषिमन्त्री हरिप्रसाद पराजुलीको मन्त्री पदै खुस्कियो । तर, योभन्दा गम्भीर आरोप लागेका पर्यटनमन्त्री कृपासुर शेर्पाको मन्त्री पद भने अहिलेसम्म सही सलामत छ ।

मन्त्री कृपासुर शेर्पाले एक दलित समुदायकी महिलासँग अवैध सम्बन्ध राखेको र सो सम्बन्धबाट जन्मिएका छोरालाई नागरिकता नबनाइदिएको आरोप लागेको थियो । शेर्पाका विषयमा अनलाइनखबरमा समाचार आएपछि यसबारे पार्टीको बैठकमा उपाध्यक्ष विद्या भण्डारीले प्रश्न उठाएकी थिइन् ।

समाचारलगत्तै मन्त्री शेर्पाले अवैधानिक छोरालाई भेटेर फोटो खिचाउनुका साथै उनीहरुलाई सम्पत्ति र नागरिकता प्रदान गर्ने वचन दिए । अध्यक्ष केपी ओलीले पनि उनको राजीनामा मागेनन् । र, पार्टीमा पनि उनी अनुशासनको कारवाहीबाट जोगिए ।

एमालेका केही नेताहरुको तर्क के छ भने मन्त्री शेर्पा यदि केपी ओली समूहमा नभइदिएका भए उनको मन्त्रीपद अहिलेसम्म खुस्किइसक्ने थियो । शेर्पामाथिको आरोप कृषिमन्त्री पराजुलीको भन्दा गम्भीर रहेको एमालेजनको विश्लेषण छ । तर, शेर्पालाई बालकोटले राजीनामा दिन लगाएन र संरक्षण गर्‍यो । अध्यक्ष ओलीले शेर्पाका बाबुछोरा दुबैलाई बोलाएर मिल्न भने ।

एमाले स्रोत भन्छ, कृषिमन्त्री पराजुली एमालेमा टुहुरोजस्तै मानिने वामदेव गुटको कार्यकर्ता भएकाले उनी संस्थापन पक्षका अगाडि टिक्न सकेनन् र अध्यक्षको निर्देशनसँगै राजीनामा दिन बाध्य भए ।

राजीनामा दिइसकेका मन्त्री पराजुली अहिले पनि आफूले धान रोप्ने क्रममा नराम्रो कार्य नगरेको तर्क गरिरहेका छन् । र, उनलाई खेतमा बोलाउने महिलाहरुले पत्रकार सम्मेलन नै गरेर पराजुलीको पक्षमा वबालत गरिरहेकै छन् । तर, गल्ती नै नगरेको भए मन्त्री पराजुलीले राजीनामा किन दिए त ? एमाले स्रोत भन्छ, यसमा गुटको पहुँच पनि जोडिएको छ ।

खेलकुदमन्त्रीलाई गुटको साथ

एमाले अध्यक्ष केपी ओलीले कृषिमन्त्रीलाई जस्तैखेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई पनि राजीनामा गर्न निर्देशन दिएका थिए । तर, पौडेलको गुट बलियो भएका कारण ओलीको निर्देशन मन्त्री पौडेलले नमानीकन अहिलेसम्म पचाइदिएका छन् ।

राष्ट्रिय खेलकुद परिषदको सदस्य-सचिव पदमा केशव विष्टलाई नियुक्त गरेको विरोधमा एमाले संसदीय दलको कार्यालयमा बोलाएर मन्त्री पौडेललाई स्पष्टीकरण सोधिएको थियो ।

केपी ओली, ईश्वर पोखरेल र विष्णु पौडेलको उपस्थितिमा मन्त्री पौडेलसँग स्पष्टीकरण सोधिएको थियो र भनिएको थियो कि असार १२ सम्म निर्णय नसच्याए राजीनामा दिन भनिएको थियो ।

राजीनामा नदिए कारवाही भोग्न चेतावनी मन्त्री पौडेललाई दिइएको थियो । तर, पार्टीका वरिष्ठ नेता माधव नेपालले केपी ओलीलाई फोन गरेर खेलकुद मन्त्रीलाई हटाइए पार्टीमा भुइँचालो ल्याइदिने चेतावनी दिए ।

पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री सुशील कोइरालालाई समेत टेलिफोन गरेर संस्थागन निर्णयविनै मन्त्रीलाई हटाउन भनिए, त्यसलाई नमान्न दबाव दिए । नेता नेपालको दबावपछि खेलकुद मन्त्री पौडेलको राजीनामा रोकियो ।

खेलकुद मन्त्री पौडेल केपी ओली गुटका नेता होइनन् । तैपनि माधव नेपाल र झलनाथ खनालको गतिलो साथ पाएका कारण उनले कृषिमन्त्रीजस्तो बन्नुपरेन । यद्यपि खेलकुद मन्त्रीले गरेको निर्णयमाथि राजनीतिक प्रश्नमात्रै उठाइएको हो, पराजुलीले जस्तो उनले हर्कत गरेका छैनन् ।

तर, एमाले स्रोत भन्छ, यदि कृषिमन्त्री पनि माधव नेपाल वा झलनाथ गुटमा भइदिएका थिए एउटा गुटले उनको संरक्षण गर्ने थियो । तर, गृहमन्त्री वामदेव गौतमले पराजुलीको बचाऊ गरेनन् वा गर्न सकेनन् ।

आन्तरिक संकटमा एमाले

संविधान निर्माणको प्रक्रियाले गति लिएसँगै सरकारको जिम्मेवारी सम्हाल्ने सम्भावनाको संघारमा रहेको नेकपा एमालेभित्र यतिबेला आन्तरिक अन्तरविरोध चुलिएको छ । यसले एमालेलाई घाटा लगाउने चिन्ता पार्टी पङ्तीबाटै व्यक्त भइरहेको छ ।

पछिल्लो समय खेलकुद मन्त्रीको विरोध र बचाउका नाममा सतहमा आएको एमालेको झगडा आफ्नै मन्त्रीको पुत्ला जलाउनेसम्मको तहमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment