Comments Add Comment

भूकम्प पीडित सशस्त्रका सन्ततीलाई छात्रवृत्ती

१७ असार, काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले सशस्त्र प्रहरी कर्मचारीका ७३ जना जेहेन्दार सन्ततीलाई छात्रबृत्ती स्वरुप जनही पाँच हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

APF

  • सशस्त्र प्रहरी परिवार महिला संघको १४ औं वार्षिकउत्सव कार्यक्रम । तस्वीर सौजन्य : सशस्त्र प्रहरी

उक्त रकम संघले आफ्नो क्षेत्रीय संघ मार्फत ती विद्यार्थीको घरमै पुर्‍याइनेछ । छात्रवृति ११ जिल्लाका भूकम्प पीडित सशस्त्र कर्मचारीका सन्ततीलाई दिइने छ ।

संघले अन्य २७ जना छात्र छात्राहरुलाई जनही दश हजार रुपैयाँका दरले छात्रबृत्ती तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

संघको १४ औं वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त तथा संघकी अध्यक्ष श्रीमती ई. रमा वन्त (राजभण्डारी)ले कूल ६ लाख ३५ हजार रुपैयाँ छात्रबृत्ती स्वरुप प्रदान गरिन् ।

कार्यक्रममा वीरगति प्राप्त तथा बहालवाला सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार सन्तती, शारीरिक रुपमा अशक्त छात्रछात्राहरु, नेपाल एपीएफ स्कुलमा अध्ययनरत मध्ये उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीहरुलाई छात्रबृत्ती स्वरुप नगद प्रदान गरिएको छ ।

संघकी अध्यक्ष राजभण्डारीले कन्या मन्दीर उच्च मावि क्षेत्रपाटी काठमाडौंको पुस्तकालयका लागि विभिन्न पुस्तकहरु प्रदान गरेकी थिइन् ।

भूकम्प प्रभावित जिल्ला गोरखाको सरस्वती उच्च माध्यमिक विद्यालय बोर्लाङ, रसुवाको रसुवा उच्च माध्यमिक विद्यालय धुन्चे, नुवाकोटको त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालय विदुर, धादिङको निलकण्ठ उच्च माध्यमिक विद्यालय निलकण्ठ, सिन्धुपाल्चोकको कृष्णरत्न गंगा उच्च माध्यमिक विद्यालय चौतारा र दोलखाको हनुमन्तेश्वर उच्च माध्यमिक विद्यालय काव्र्रेलाई कम्प्युटर तथा खेलकुद सामाग्री प्रदान गरिएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सो संघद्वारा संचालित विभिन्न सामाजिक कृयाकलापमा सहकार्य गर्ने, विभिन्न संघसंस्था तथा महानुभावहरुलाई प्रसंसा पत्र प्रदान गरे ।

सो संघले विहीबारै रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment