Comments Add Comment

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा सुरेन्द्र सिग्देल निर्वाचित

surendra-sigdel-australiaसिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सुरेन्द्र सिग्देल निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न निर्वाचनमा उनले अर्का प्रतिस्पर्धी भरत पोखरेललाई पराजित गरेका हुन् । यसैगरी सचिवमा उनकै प्यानलका तोनु घोताने र सहसचिवमा भिष्मराज भण्डारी बिजयी भएका छन् । कोषाध्यक्षमा डीला खरेल र युवा संयोजकमा विजय शर्मा निर्वाचित भएका छन् ।
यसैगरी आईसीसी सदस्यमा डा. राजु अधिकारी, केशव सापकोटा, इश्वर कुइँकेल, बालचन्द्र भट्टराई र प्रकाश जिसी निर्वाचित भएका छन् । आईसीसी सदस्यमा १० जना चुनावी मैदानमा थिए ।
शनिवार एकसाथ अष्ट्रेलियाका सवै राज्यमा एनआरएनको निर्वाचन भएको थियो । जसमा करिव ५ हजारले मत खसालेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment