Comments Add Comment

सगुनलाई मिस एसएलसीको उपाधि

Miss-Slc-2015काठमाडौं । मिस एसएलसी अफ द इयर २०१५ को उपाधि सगुन अर्यालले जितेकी छिन् । उनले मिस ट्यालेन्ट र मस्ट पपुलरको उपाधि पनि जितेकी छिन् । त्यसैगरी ओजस्वी ढकाल फस्ट रनरअप, प्रतिक्षा खनाल सेकेण्ड रनरअप, पि्रयसा हमाल ठकुरी थर्ड रनरअप र प्रशंसा दाहाल फोर्थ रनरअप भए ।

प्रतियोगितामा सारा कपाली बेष्ट फिटनेस, डोल्मा तामाड सोसल रेस्पोन्सीबल, जीना श्रेष्ठ मिस फोटोजेनिक, मौसमी खत्रीले मस्ट स्टालिसको उपाधि पाए । कार्यक्रममा सहभागी अन्य सुन्दरीले पनि विभिन्न उपाधी पाएका थिए ।

त्यसै गरी किशोरहरुको प्रतियोगिता ‘मिस्टर एसएलसी २०१५’ मा अधिराज मल्लले शिर्ष उपाधिका साथ बेष्ट फिजिक र फेसबुक च्वाइसको उपाधि जितेका छन् ।
प्रतियोगितामा दिपेन्द्र कार्की फस्ट रनरअप, रोहित खड्ग सेकेण्ड रनरअप भएका छन् ।

त्यसअघि एसएलसी उतिर्ण किशोरीहरुकै लागि आयोजित अर्को सौन्दर्य प्रतियोगिता ‘मिस टीन एसएलसी २०१५’ मा ओजस्वी कोईरालाले बेस्ट हेयर उप उपाधिका साथ प्रमूख उपाधि जितेकी छिन । रोजिता महर्जन फस्ट रनरअप, रिना तामाङ सेकेण्ड रनरअप,जेनिफर तामाङ थर्ड रनरअप र नमुना गिरीः फोर्थ रनरअप भए ।

नायक सरोज खनाल र नायिका अनिता आचार्यका साथमा पुर्ण लामा, अनिल शाही, पालदेन शेर्पा र सरोज प्याकुरेल निर्णायक रहेको प्रतियोगितामा अनुशा थापा मगर मस्ट प|mेण्डली भएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment