Comments Add Comment

बिभिन्न जिल्लामा भएका दुर्घटनामा ५ को मृत्यु

२१ असार, काठमाडौं । विभिन्न जिल्लामा भएका भिन्दा भिन्दै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

सवारी दुर्घटनामा काठमाडौं र पाल्पामा २-२ तथा काठमाडौंमा १ जनाको मृत्यु भएको हो ।

बाँके माहदेवपुरी-७ ओमरीस्थित राजमार्गको सडकखण्डमा विग्रीएर रोकी राखेको भारतीय ट्रकमा सोमबार विहान ना ५ ख १८०२ नम्वरको बस ठोक्किएर दुर्घटना हुँदा बसमा सवार हेटौडा घर भइ लर्डबुद्ध एकेडेमीमा एमविविएसमा अध्यनरत २४ बर्षीया अनिता गुप्ताको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ६ जनाको मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको सतुंगलबाट कलंकीतर्फ जाँदै गर्दा सोमबार विहान सडकमा हिँडिरहेको भैंसीसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बा २६ प ४७३७ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा चालक काठमाडौँ महानगरपालिका-१६ सानोभर्‍याङ बस्ने ३० बर्षीय सुजन धमलाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भइ शहिद मेमोरियल अस्पताल कलंकी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका धादिङ कल्याणपुर-९ बस्ने ४० वर्षीय मदन सिंखडाको सोही अस्पतालमा उपचार भइरहेको छ । भैंसी धपाउने व्यक्ति र भैंसीहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-१३ बाफल नारायणी पेट्रोलपम्प अगाडि आइतबार राति नम्वर खुल्न नसकेको टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । नाम, थर वतन नखुलेकी अन्दाजी ४६ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । फरार टिपर र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

यसैगरी पाल्पा ताहुँ सेर्कावासस्थित रामपुर आर्यभन्ज्याङ सडक खण्डमा ग १ क ७५३५ नम्वरको टिपर आइतबार राती सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा हुने ललितपुरको छम्कि ८ निवासी ३५ वर्षीय चालक विक्रम तामाङ र ललितपुर लेले ९ निवासी ३५ वर्षीय दिपक थापा छन् । सोही दुर्घटनामा परी ललितपुरको छम्कि ८ निवासी विजय तामाङ घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment