Comments Add Comment

बत्ति बलेपछि म नर्भस हुन्छु : प्रधानमन्त्री

Sushil-Koirala

२२ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संघीयतालाई अब कसैले रोक्न नसक्ने बताएका छन् ।

संविधानसभामा संविधानको मस्यौदामाथि भएको छलफलमा भाग लिँदै प्रधानमन्त्री कोइरालाले भने-‘म मधेसवादी पार्टीका साथीहरुलाई भन्न चाहन्छु ।तपाईहरु यसको चिन्ता नलिनुस् ।’

सभाध्यक्ष सुवास नेम्वाङले कोइरालालाई पनि अन्य सभासदहरुलाई जस्तै तीन मिनेटको समय दिए । कोइरालाले बोल्दै गर्दा समय सकिएको संकेत स्वरुप रोष्टममा रातो बत्ति बलेको थियो ।

लगतै कोइरालाले भने-‘बक्ति बलिसक्यो । बक्ति बलेपछि म नर्भस हुन्छु । प्रधानमन्त्री छु भनेर बोल्नु पनि भएन । उल्लंघन गर्नु पनि भएन ।’

कोइरालाले यसो भन्दा संविधानसभा बैठकमा हाँसाको फोहोरा छुटेको थियो ।

प्रधानमन्त्री कोइरालाले अब संविधान आउने र कुनै पनि संस्थाको सम्मानमा धक्का नलाग्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment