Comments Add Comment

सबैभन्दा उत्कृष्ट क्यामरा भएका ६ स्मार्टफोन

कुनै समय अप्टिकल इमेज स्टाबिलाइजेसन (ओआइएस) फिचर महंगा डिजिटल क्यामराको फिचरको रुपमा थियो । यो प्रविधिका कारण हातमा क्यामरा समातेर फोटो खिच्दा क्यामरा हल्लिएपनि फोटो प्रष्ट आउछ र प्रष्ट तस्वीर खिच्नकै लागि ट्राइपडको आवश्यकता पर्दैन । ओआइएस प्रविधि स्मार्टफोनहरुमा भित्रिएको धेरै समय भएको छैन । दुइ चार वर्षअघि सम्म केेवल केही पि्रमियम स्मार्टफोनहरुमा मात्र उपलब्ध थियो यो प्रविधि । तर अहिले भने ओआइएस स्मार्टफोन निकै सामान्य क्यामरा फिचर बन्दै गएको छ । अप्टिकल इमेज स्टाबिलाइजेसन प्रविधि सहितका उत्कृष्ट क्यामराले युक्त ६ वटा स्मार्टफोन यस्ता छन्-

१. एप्पलको आइफोन सिक्स प्लस- ७.१ मिलिमिटर पातलो यो स्मार्टफोनमा ८ मेगापिक्सेलको पछाडिको क्यामरा छ जसमा ओआइएस प्रविधिका साथै फेज डिटेक्सन अटोफोकस र डुअल टोन फ्लास फिचर पनि उपलब्ध छ । यसले कम प्रकाश भएको स्थानमा पनि उत्कृष्ट तस्वीर खिच्न सकिन्छ र आइफोन सिक्समा भन्दा सिक्स प्लसमा क्यामरा क्वालिटी उच्च रहेको छ । साथै ५.५ इन्चको फुल एचडी डिस्प्ले, प|mेमिङ तथा इडिटिङका लागि भ्यूफाइन्डर अप्सन पनि यो आइफोन सिक्स प्लसका उत्कृष्ट फिचर हुन् ।

iphone6p-gold-select-2014

२. सामसुङ ग्यालेक्सी एस सिक्स- सामसुङको ग्यालेक्सी एस सिक्स सबैभन्दा लोकपि्रय क्यामरा फोन हो भन्दा फरक नपर्ला । १६ मेगापिक्सेलको क्यामरा, अप्टिकल इमेज स्टाबिलाइजेसन प्रविधिले युक्त यो स्मार्टफोनले ४ हजार पिक्सेल अर्थात् फोर के भिडियो ३० फ्रेम पर सेकेण्डमा रेकर्ड गर्नसक्छ । साथै यसको एफ १.९ एपरर्चरका कारण अँध्यारो वा कम प्रकाशयुक्त ठाउँमा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ । साथै यसमा क्यामरा सेटिङमा रहेको प्रो मोडमा फोटो खिच्नुअघि विभिन्न प्यारामिटरहरु नियन्त्रण गरेर चाहे अनुरुपको फोटो खिच्न सकिन्छ । त्यसका साथै ५.१ इन्चको सुपर एमोलिड डिस्प्ले जसको २५६० गुणा १४४० रिजोलुसन छ त्यसले जुनसुकै दृश्य तथा भिडियो र तस्वीर निकै सुक्ष्म तथा सार्प रुपमा देख्न सकिन्छ ।

Samsung-Galaxy-S6-Gold-Platinum.

३. ब्लाकबेरी पासपोर्ट- ब्लाकबेरीको यो वर्गाकार स्मार्टफोन देख्दा नै नयाँ ढंगको मात्र छैन यसको क्यामरा क्वालिटी पनि उच्च छ । यो स्मार्टफोनमा १३ मेगापिक्सेलको क्यामरा छ । ओआइएस प्रविधिले युक्त हुनुका साथै ३१२० गुणा ३१२० पिक्सेल अर्थात् १:१ अनुपातमा दृश्य खिच्दछ । साथै यसमा बस्र्ट मोड, प्यानोरमा तथा ब्लाकबेरी टाइम सिफ्ट मोड रोजेर दृश्य खिच्न सक्नुहुन्छ । यसमा टच फोकस, एचडीआर मोड हुनुका साथै यो क्यामराले ६० फ्रेम पर सेकेण्डमा फुल एचडी भिडियो रेकर्ड गर्नसक्छ ।

passport-att-ces

४. नोकिया लोमिया ८३०- नोकियाको यो स्मार्टफोनमा १० मेगापिक्सेलको रियर क्यामरा छ । जसमा अप्टिकल इमेज स्टाबिलाइजेसन प्रविधिका साथै प्योर भ्यू प्रविधि र कार्ल जेस अप्टिक्स पनि प्रयोग गरिएको छ । अर्को रोचक कुरा के भने विन्डोजको एप स्टोरबाट अन्य क्यामरा लेन्सहरु छनोट गरेर पनि यसमा क्यामराको फिचर थप गर्न सकिन्छ ।

Nokia-Lumia-830-hero11-jpg

५. एल जी को जि फोर- १६ मेगापिक्सेलको क्यामराका साथै एफ १.८ एपर्चर रहेको यो स्मार्टफोन उत्कृष्ट क्यामरायुक्त स्मार्टफोन मध्ये एक हो । साथै यसमा तत्काल फोकसिङका लागि लेजर अटोफोकस प्रविधि पनि रहेको छ । साथै यसमा नयाँ कलर स्पेक्ट्रम सेन्सर रहेको छ जसले उत्कृष्ट रङहरुको संयोजन तथा सन्तुलन सहित दृश्य खिच्न सकिन्छ ।

lg-g4-leak-6

६. इनफोकस एम५३०- अप्टिकल इमेज स्टाबिलाइजेसन प्रविधि भएको यो सबैभन्दा सस्तो स्मार्टफोन हो । १३ मेगापिक्सेलको क्यामराका साथै डुअल एलइडी फ्लास भएको यो स्मार्टफोनले फुल एचडी भिडियो रेकर्डिङ गर्नसक्छ । यसमा मल्टिपल सिन मोडहरु उपलब्ध छन् जस्तै प्यानोरमा, एचडीआर, ब्युटी फेसका साथै फास्ट मोसन र टाइम ल्याप्स मोड आदि । साथै यसको ५.५ इन्च एचडी डिस्प्ले पनि भ्यू एंगलिङका लागि उत्कृष्ट रहेको छ ।

Infocus-M530

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment