Comments Add Comment

चौधरी ग्रुपले काभ्रेका दुई विद्यालय पुनर्निर्माण गरिदियो

Chaudhari-Foundation-2
१२ साउन, काठमाडौं । चौधरी फाउण्डेसनले भूकम्पबाट क्षतिग्रस्त काभ्रेका दुई सार्वजनिक विद्यालयको पुनर्निर्माण गरि मंगलबार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

धुलिखेल नगरपालिका वडा नम्बर-२ को बालमन्दिर प्राथमिक विद्यालय र उग्रतारा गाविसस्थित जनागाल बाहुनडाँडाको जनज्योती निम्न माध्यमिक विद्यालय फाउण्डेसनले पुनर्निर्माण गरिदिएको हो ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका एक सय सार्वजनिक विद्यालयहरुको पुनर्निर्माण गर्ने चौधरी फाउण्डेसनले प्रतिवद्धता गरेको छ । भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक विद्यालयहरुको पुनर्निर्माणका लागि चौधरी फाउण्डेसनले ‘सिजी शिक्षालय’ परियोजना कार्यान्वयन गरिरहेको छ ।

Chaudhari-Foundation-3

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले बालमन्दिर प्राथमिक विद्यालयको प्रांगडमा आयोजित एक समारोहकावीच पुनर्निर्मित विद्यालय भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरे ।

अध्यक्ष चौधरी जनज्योती निम्न माध्यमिक विद्यालयमा पुगि उक्त विद्यालयको पुनर्निर्मित भवन हस्तान्तरण गरेका थिए ।

‘हामी भूकम्पबाट प्रभावित हाम्रा बालबालिकाहरुले जतिसक्दो चाडो उक्त पीडा विर्सिन सक्ने वातावरण निर्माण गर्न चाहान्छौं’ अध्यक्ष चौधरीले भने- ‘मलाई विश्वास छ, चौधरी फाउण्डेसनले पुनर्निर्माण गरेका यी विद्यालय भवनहरुले उनीहरुको पीडा विर्साउन सहयोग पुर्‍याउनेछन् । र, हाम्रा बालबालिकाहरुले निर्भयका साथ आफ्नो अध्ययनलाई अगाडि बढाउनेछन् ।’

Chaudhari-Foundation

चौधरी फाउण्डेसनले पहिलो चरणमा यी विद्यालयहरुको पुनर्निर्माण गरि हस्तान्तरण गरेको हो । भूकम्प प्रभावित क्षेत्रका एक सय सार्वजनिक विद्यालयहरु पुनर्निर्माण गरि हस्तान्तरण गर्ने योजना कार्यान्वयन गर्न बटिवद्ध रहेको अध्यक्ष चौधरीले बताएका छन् ।

चौधरी फाउण्डेसनले भूकम्पबाट सर्वाधिक प्रभावितहरुका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गरि हस्तान्तरण गरिरहेको छ । हालसम्ममा काठमाडौंको मच्छेगाउँमा ७० वटा, भक्तपुरको चाँगुनारायणमा ६० वटा, ललितपुरको बुरुङचुली र लोकुण्डोलमा ७६ वटा ट्रान्जिसलन होमहरु हस्तान्तरण गरिसकेको छ ।

निकट भविष्यमा काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, गोर्खा, धादिङ लगायतका जिल्लाहरुमा ट्रान्जिसनल होम निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने फाउण्डेसनले जनाएको छ ।Chaudhari-Foundation-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment