Comments Add Comment

कांग्रेस नेता सूर्यप्रसाद प्रधानको निधन

surya-prasad-pradhan

२० साउन, बुटबल । नेपाली कांग्रेसका नेता सूर्यप्रसाद प्रधानको ७६ बर्षको उमेरमा बुधबार बिहान निधन भएको छ ।
श्वासप्रस्वासमा समस्या भएपछि मंगलबार राति लुम्विनी अञ्चल अस्पतालमा पुर्याइएका प्रधानलाई बिहान पाँच बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

बुटवल ६ लक्ष्मीनगर निवासी प्रधान उच्च रक्तचाप र मधुमेहको बिरामी थिए ।

प्रधान तत्कालिन रुपन्देही क्षेत्र नं ३ बाट २०५६ सालमा सांसदमा निवाचित थिए । उनी क्षेत्र नं ४ बाट संबिधानसभाको निर्बाचनमा कांग्रेसका तर्फबाट उम्मेदबार समेत थिए ।

बिक्रम सम्वत १९९७ साल असोज १३ गते पर्बतको पाङ्मा जन्मिएका प्रधानका श्रीमती र एक छोरी छन् ।
प्रधानको घरमा अहिले आफन्त ,शुभेच्छुक तथा राजनीतिकर्मीहरुको समबेदनाका लागि भीड लागेको छ ।

कपिल ज्ञवालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment