Comments Add Comment

मालिककी सौतेनी आमालाई गाली गर्ने सुगा पक्राउ

यसलाई विचित्र घटना नभने के भन्ने ? भारतको महाराष्ट्रस्थित चन्द्रापूर जिल्लाको राजुरामा प्रहरीले एउटा घरपालुवा सुगालाई गिरफ्तार गरेको छ । उक्त सुगामाथि अनौठो अभियोग लगाइएको छ कि उसले आफ्नो मालिककी सौतेनी आमालाई दिनदिनै गाली गर्ने गर्थ्यो ।

Parrot-finalस्थानीय ८५ वर्षकी जनाबाइ सारखरकर नामकी महिला आफ्नो सौतेलो छोराले पालेको सुगाले हरेक दिन आफुलाई तथानाम गाली गर्दा हैरान भइन् । अन्ततः उनले सुगा विरुद्ध पुलिसमा उजुरी दिइन् ।

जनाबाइका अनुसार गाली गर्नका लागि सौतेलो छोराले सुगालाई दिनदिनै तालिम दिने गथ्र्यो ।

स्मरण रहोस् जनाबाइ र उनका सौतेलो छोरा अलग अलग घरमा बस्दै आएका छन् । उनीहरुबीच सम्पत्तिको विषयलाई लिएर अदालतमा मुद्दा चलिरहेको बताइएको छ ।

महिलाको उजुरीपछि प्रहरीले सुगा सहित सौतेलो छोरा तथा उजुरकर्ता महिलालाई समेत चौकीमा लग्यो ।

अचम्म त के भने पुलिस देख्ने वित्तिकै उक्त सुगा चुप भयो । अघिपछि देख्नेवित्तिकै गाली गर्ने सुगाले चौकीमा ती महिलालाई देख्दा समेत एक शव्द निकालेन ।

प्रहरीले आरोपित सुगामाथि लामै समय निगरानी गर्यो । तर उसले महिलालाई गाली नगरेपछि ऊमाथिको आरोप पुष्टि हुन सकेन । यद्यपि महिलाको पीडा तथा मानसिक अवस्थालाई हेरेर प्रहरीले उक्त सुगालाई उसको मालिक अर्थात् सौतेलो छोरासँग पठाएन र वन विभागको जिम्मा लगाइदियो । अब गाली गर्ने त्यो सुगालाई वन विभागले आफ्नो नियन्त्रणमा राख्नेछ र वनमा छाडिदिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment