+
+

तातो कागतीपानी पिउनुहुन्छ ? सावधान

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ६ गते २०:३५

hot-lemon
मनतातो पानीमा कागतीको रस हालेर पिउने बानी धेरैको हुन्छ । वास्तवमा यस्तो हट वाटर लेमन स्वास्थ्यमा सचेत हुनेहरुको लागि एउटा फेसन जस्तै बनेको छ । कागतीपानीले पेट सफा गर्ने, पाचन प्रक्रियामा सुधार ल्याउने, वजन घटाउन सहयोग गर्ने तथा सरीरबाट विभिन्न विषाक्त पदार्थको उत्सर्जन गरेर विभिन्न खाले रोगबाट बचाउने गर्छ । तर विज्ञहरुले भने तातो कागती पानी अर्थात् हट वाटर लेमन दाँतका लागि हानिकारक हुने चेतावनी दिएका छन् ।

तातो कागतीपानीको अम्लपना दाँतका लागि हानिकारक हुने र यसले दाँतको इनामेल खियाउने र दाँत सड्न तथा बिगि्रन थाल्ने दन्त विज्ञको भनाइ छ ।

बेलायती दन्त संगठनका वैज्ञानिक सल्लाहाकार प्राध्यापक डामियन वाल्मस्ले पेय पदार्थ जति बढि अम्लीय भयो त्यसले उति नै धेरै दाँत खियाउने देखिएको बताए । उनका अनुसार तातो पानीमा मिसाएर पिउँदा कागतीको रसले दाँतमा असर गर्दछ ।

कागतीको रसको पिएच मान २ देखि ३ को बीचमा रहने अर्थात् यो निकै अम्लीय हुने भन्दै उनले तातो पानीमा मिसाएर पिउँदा यसले दाँतमा बढि असर पूराउने तर्क गरे । यसको कारण तापक्रमले कागतीको अम्लको सक्रियतालाई बढाउने तथा दाँतको खिइने दर पनि बढ्न जान्छ ।

teath

उनले पछिल्लो समयमा खासगरी बालबालिका तथा किशोरकिशोरीहरुमा कागतीपानीले दाँत खियाउने घटना बढि पाइएको बताए । ब्रिटिस डेन्टल फाउन्डेसनका प्रमुख कार्यकारी डाक्टर निजेल कार्टर पनि तातो कागतीपानीले दाँत खियाउने कुरामा सहमत छन् ।

तातो कागतीपानीको सेवन भिटामिन सी आपूर्ति गर्ने राम्रो माध्यम हुनुका साथै अन्य धेरै स्वास्थ्य समस्या भएपनि यसले दाँतलाई भने अस्तव्यस्त बनाउने उनी बताउँछन् । तातो पानीले दाँतको इनामेल खियाउने अर्थात् दन्त स्खलन गराउने अनि विस्तारै दाँत कमजोर तथा कालो देखिँदै जाने उनले बताएका छन् ।

कागतीपानीकेा असर दाँतमा पर्न नदिनका लागि गिलास वा कपबाटै पिउनु भन्दा जुस पिउने पाइपले तान्ने र दाँतमै पर्न नदिइ निल्ने उपाय उनले सुझाएका छन् । गिलास वा कपले नै पिउने परेपनि सुरुप सुरुप पटक पटक पिउनुको साटो एकैपटक स्वात्त पिउनु राम्रो हुने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?