+

तातो कागतीपानी पिउनुहुन्छ ? सावधान

२०७२ भदौ  ६ गते २०:३५ २०७२ भदौ ६ गते २०:३५
तातो कागतीपानी पिउनुहुन्छ ? सावधान

hot-lemon
मनतातो पानीमा कागतीको रस हालेर पिउने बानी धेरैको हुन्छ । वास्तवमा यस्तो हट वाटर लेमन स्वास्थ्यमा सचेत हुनेहरुको लागि एउटा फेसन जस्तै बनेको छ । कागतीपानीले पेट सफा गर्ने, पाचन प्रक्रियामा सुधार ल्याउने, वजन घटाउन सहयोग गर्ने तथा सरीरबाट विभिन्न विषाक्त पदार्थको उत्सर्जन गरेर विभिन्न खाले रोगबाट बचाउने गर्छ । तर विज्ञहरुले भने तातो कागती पानी अर्थात् हट वाटर लेमन दाँतका लागि हानिकारक हुने चेतावनी दिएका छन् ।

तातो कागतीपानीको अम्लपना दाँतका लागि हानिकारक हुने र यसले दाँतको इनामेल खियाउने र दाँत सड्न तथा बिगि्रन थाल्ने दन्त विज्ञको भनाइ छ ।

बेलायती दन्त संगठनका वैज्ञानिक सल्लाहाकार प्राध्यापक डामियन वाल्मस्ले पेय पदार्थ जति बढि अम्लीय भयो त्यसले उति नै धेरै दाँत खियाउने देखिएको बताए । उनका अनुसार तातो पानीमा मिसाएर पिउँदा कागतीको रसले दाँतमा असर गर्दछ ।

कागतीको रसको पिएच मान २ देखि ३ को बीचमा रहने अर्थात् यो निकै अम्लीय हुने भन्दै उनले तातो पानीमा मिसाएर पिउँदा यसले दाँतमा बढि असर पूराउने तर्क गरे । यसको कारण तापक्रमले कागतीको अम्लको सक्रियतालाई बढाउने तथा दाँतको खिइने दर पनि बढ्न जान्छ ।

teath

उनले पछिल्लो समयमा खासगरी बालबालिका तथा किशोरकिशोरीहरुमा कागतीपानीले दाँत खियाउने घटना बढि पाइएको बताए । ब्रिटिस डेन्टल फाउन्डेसनका प्रमुख कार्यकारी डाक्टर निजेल कार्टर पनि तातो कागतीपानीले दाँत खियाउने कुरामा सहमत छन् ।

तातो कागतीपानीको सेवन भिटामिन सी आपूर्ति गर्ने राम्रो माध्यम हुनुका साथै अन्य धेरै स्वास्थ्य समस्या भएपनि यसले दाँतलाई भने अस्तव्यस्त बनाउने उनी बताउँछन् । तातो पानीले दाँतको इनामेल खियाउने अर्थात् दन्त स्खलन गराउने अनि विस्तारै दाँत कमजोर तथा कालो देखिँदै जाने उनले बताएका छन् ।

कागतीपानीकेा असर दाँतमा पर्न नदिनका लागि गिलास वा कपबाटै पिउनु भन्दा जुस पिउने पाइपले तान्ने र दाँतमै पर्न नदिइ निल्ने उपाय उनले सुझाएका छन् । गिलास वा कपले नै पिउने परेपनि सुरुप सुरुप पटक पटक पिउनुको साटो एकैपटक स्वात्त पिउनु राम्रो हुने उनको सुझाव छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वरको वैद्यचोक

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वरको वैद्यचोक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक