+
+
Shares

थारुहरुका जायज माग सम्वोधन हुन्छ : योगेश भट्टराई

९ भदौ, भक्तपुर । नेकपा एमालेका सचिव योगश भट्टराईले थारुहरुले राखेका जायज माग सम्वोधन गर्ने बताएका छन् । रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा भट्टराईले सीमांकनका नाममा भएका आन्दोलनलाई ध्यानमा राख्दै थारुहरुको जायज मागहरुको सम्बोधन गरिने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते १३:४१

फाइल तस्वीर

  • फाइल तस्वीर

९ भदौ, भक्तपुर । नेकपा एमालेका सचिव योगश भट्टराईले थारुहरुले राखेका जायज माग सम्वोधन गर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा भट्राईले सीमांकनका नाममा भएका आन्दोलनलाई ध्यानमा राख्दै थारुहरुको जायज मागहरुको सम्बोधन गरिने बताएका हुन् ।

कैलालीको टीकापुर घटनाबाट नेपालको अन्तराष्ट्रियस्तरमा बेइज्जत भएको भन्दै उनले आन्दोलनको नेतृत्व गर्नेलाई समेत जनताले बहिस्कार गर्ने चेतावनी दिए ।

नेपालमा विभिन्न एनजीओ र आइएनजीओहरुले जातजातिका नाममा ठूलो धनराशी खर्च गर्दै देशमा वितण्डा मचाउन लागेको आरोप लगाए । उनले त्यस्ता एनजीओ र आईएनजीओहरुलाई नेपालबाट फिर्ता पठाउनु पर्ने धारणा समेत राखे ।

सेना परिचालनबारे सरकारले जवाफ दिनुपर्ने

राष्ट्रपतिले सेना परिचालनको विषयमा चासो देखाएको भए सरकारले त्यसको जवाफ दिनुपर्ने भट्टराईले बताए । तर अहिले विभिन्न स्थानमा भएका दंगालाई मध्यनजर गर्दै केही समयका लागि गरिएको सेना परिचालन सहि भएको जिकीर समेत उनले गरे ।

विभिन्नखालका समस्याहरु देखा परेतापनि संविधान जारीको प्रक्रिया सहि ढंगले अगाडि बढेमा भदौ मसान्तसम्म जारी हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?