News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशमा २१ फागुनको निर्वाचनमा नेकपा एमाले समानुपातिक मतमा चौथो दल बनेको छ।
- रास्वपा समानुपातिकतर्फ ८ लाख ५३ हजार १८३ मत ल्याएर पहिलो स्थानमा छ।
- एमालेले चार क्षेत्रमा प्रत्यक्ष चुनाव जितेर ३ लाख २१ हजार ७१७ मत पाएको छ, जुन समानुपातिक मतभन्दा बढी हो।
२८ फागुन, काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले चौथो दलको रुपमा रहेको छ । २१ फागुनको निर्वाचनमा पाएको समानुपातिक तर्फको मतमा एमाले चौथो स्थानमा रहेको छ ।
पहिलोमा रास्वपा छ । समानुपातिकतर्फ ८ लाख ५३ हजार १८३ मत ल्याएर रास्वपा पहिलो दल बन्दा दोस्रोमा श्रम संस्कृति पार्टी छ । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ २ लाख ९२ हजार ४९ मत पाउँदा तेस्रोमा रहेको कांग्रेसले २ लाख ९० हजार ५६२ मत पाएको छ ।
चौथोमा रहेको एमालेले यो प्रदेशमा २ लाख ८८ हजार १८६ मत पाएको छ । एमालेले समानुपातिक तर्फ पाएको भन्दा बढी मत प्रत्यक्षतर्फ उम्मेदवारहरूले ल्याएको मत बढी छ ।
कोशी प्रदेशमा २८ वटा क्षेत्र छन् । यसमध्ये एमालेले चार क्षेत्रमा चुनाव जितेको छ । बाँकी आठ÷आठ क्षेत्रमा दोस्रा र तेस्रो भएको छ । ६ क्षेत्रमा चौथो र दुई ठाउँमा पाचौं भएको छ ।
यी सबै क्षेत्रमा प्रत्यक्षतर्फ एमालेका उम्मेदवारहरूले ल्याएको मत जोड्दला ३ लाख २१ हजार ७१७ पुग्छ । यो समानुपातिकतर्फ एमालेले पाएको मत भन्दा बढी हो ।
प्रतिक्रिया 4