+
+
Shares

प्युठानमा कांग्रेसका पोखरेल र एमालेका थापाको चुनावी खर्च २४ लाख बढी

प्रतिनिधिसभा सदस्यका लागि प्युठानमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डा.गोविन्दराज पोखरेल र नेकपा एमालेका उम्मेदवार सूर्य थापाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्युठानमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका डा.गोविन्दराज पोखरेलले २४ लाख ८० हजार २१५ रुपैयाँ खर्च विवरण बुझाएका छन्।
  • नेकपा एमालेका उम्मेदवार सूर्य थापाले प्युठान निर्वाचनमा २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।
  • पोखरेलले सवारी, मतदाता प्रशिक्षण, प्रचारकार्यक्रममा र थापाले सवारी, कार्यालय सञ्चालन, खाना तथा आवासमा खर्च गरेको विवरणमा उल्लेख छ।

२८ फागुन, प्युठान । प्रतिनिधिसभा सदस्यका लागि प्युठानमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डा.गोविन्दराज पोखरेल र नेकपा एमालेका उम्मेदवार सूर्य थापाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।

फागुन २१ गते भएको निर्वाचनमा पोखरेलले २४ लाख ८० हजार २१५ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन्।

विवरणअनुसार सवारी साधन भाडा तथा इन्धनमा ३ लाख ७५ हजार, दुई जनाको चार पटकको हवाई यात्रामा ८० हजार, २६० जनाको मतदाता प्रशिक्षणमा १ लाख ७५ हजार, ६४ वडास्तरीय प्रचार कार्यक्रममा ९ लाख ६० हजार, जिल्ला तथा वडास्तरीय सम्पर्क कार्यालय सञ्चालनमा ६ लाख ४० हजार, प्रचारप्रसारमा २ लाख ४० हजार २१५ र मनोनयनमा १० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

यस्तै एमाले उम्मेदवार सूर्य थापाले २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्।

उनले सवारी साधन भाडामा २ लाख ९० हजार, इन्धनमा ४५ हजार ८९, नमुना मतपत्र छपाइमा ९५ हजार, मनोनयनमा १० हजार, ६४ वडास्तरीय कार्यक्रममा ६ लाख ४० हजार, कार्यालय सञ्चालनमा १ लाख ३५ हजार, खाना तथा आवासमा २ लाख ५५ हजार, प्रेस तथा प्रचार पम्प्लेटमा ७५ हजार ४ सय र विविध शीर्षकमा ४ लाख ५९ हजार ६ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेका छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?