+
+
Shares

कांग्रेसका गोविन्द पोखरेल प्युठानबाट उम्मेदवार

नेपाली कांग्रेसले नेता डा गोविन्दराज पोखरेललाई प्युठानबाट उम्मेदवार बनाउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १४:१५

५ माघ, काठमाडौं । नेपाली कांग्रेसले नेता डा गोविन्दराज पोखरेललाई प्युठानबाट उम्मेदवार बनाउने भएको छ । सोमबार बसेको संसदीय बोर्डको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरी टिकट दिएको हो ।

‘उहाँ यहाँबाट पत्र लिएर जिल्ला गइसक्नु भयो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘भोलि मनोनयनको दिन भएकोले उहाँलाई ढिलो होला भनेर आजै जिल्ला जान भनिएको हो । औपचारिक घोषणा संसदीय बोर्डले गर्छ ।’

नेपाली कांग्रेस आन्तरिक विवादलाई थाती राखेर उम्मेदवार छनोटमा जुटेको छ । त्यस्तै सहमहामन्त्री फरमुल्लाह मन्सुरले हिमाली जिल्लाहरूका उम्मेदवारको पनि टुंगो लागिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?