Comments Add Comment

माओवादीका मधेसी नेताहरु पनि आन्दोलनमा

Ramchandra, Prabhu, Bishonath and Ram kumar

१० भदौ, काठमाडौं । तराई-मधेसमा दुई प्रदेशको माग गर्दै एमाओवादीको मधेसी नेताहरुले आन्दोलनको घोषणा गरेका छन् ।

नेता रामचन्द्र झा, विश्वनाथ साह, मधेसी राष्ट्रि मुक्ति मोर्चाका संयोजक रामकुमार शर्मा, महासचिव रामरिझन यादव, सभासद महेन्द्र पासवान लगायतले पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई जानकारी गराएर आन्दोलनको घोषणा गरेका हुन् ।

माओवादीका मधेसी नेताहरुले आन्दोलनका क्रममा कांग्रेस र एमालेलाई दबाव दिने तथा मधेसी मोर्चाका नेताहरुले पार्टीविरुद्ध गरेको प्रचारको भण्डाफोर गर्ने बताएका छन् । ‘माओवादीले एजेण्डा छाड्यो भन्ने प्रचार भएको छ । भ्रम चिर्न र पार्टीले राखेको फरक मतलाई जनतासम्म पुर्‍याउन आन्दोलनमा जान लागिएको हो’ नेता साहले भने ।

मोर्चाले १० बुँदे माग अघि सारेको छ । जसमा सेना परिचालन फिर्ता गर्नु पर्ने, आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सहिद घोषणा गर्नु पर्ने, घाइतेको उपचार गर्नु पर्ने, थारु मधेसी लगायतको माग सम्बोधन गर्दै पहिचानमा आधारित दुई प्रदेश मधेसमा बनाउने लगायत छन् ।

माओवादीको मधेसी मोर्चाले १७ गते सदरमुकाममा विरोध प्रदर्शन र गाउँमा मसाल जुलुस निकाल्ने बताएको छ ।

यो पनि पढ्नुस् 

‘दौपदी’लाई मधेसमै राख्न माओवादीका मधेसी नेताको माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment