Comments Add Comment

मोदीलाई चुनौती दिने २२ वर्षीय युवा को हुन् ?

hardik-patel 650

१० भदौ, काठमाडौं । केवल २२ वर्षको उमेरमा गुजरात सरकारको टाउको दुःखाइ बनेका हार्दिक पटेललाई दुई महिना अघिसम्म निकै कम मानिसले मात्र जान्थे ।

तर, उनी अहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा हिजोबाट हिरो बनेका छन् ।

गुजरातको जनसंख्यामा २० प्रतिशत हिस्सा पटेल समुदायको छ । पटेल समुदायले आरक्षण र ओबीसी दर्जा माग गर्दै पछिल्लो केही वर्षदेखि आन्दोलन गर्दै आएको छ ।

त्यही आन्दोलनको कमाण्ड अहिले नयाँ पुस्ताका हार्दिक पटेलले सम्हालेका छन् । रोजगारी र शिक्षामा आरक्षणको माग गर्दै उनको अगुवाइमा पछिल्लो ४० दिनमा गुजरातमा आन्दोलन र विरोध प्रदर्शन चर्किएको छ ।

पटेल समुदायमाथि भएको भनिएको अन्यायबारे प्रखर वक्ता हार्दिक पटेललाई साथ दिन हजारौं मानिस सडकमा आएका छन् । दुई दिन अघि अहमदाबादको जीएसमडीसी मैदानमा झण्डै ३ लाख मानिस जम्मा भएका थिए ।

Patel-Rally

हार्दिक पटेल गुजरातको भाजपा कार्यकर्ता भारतभाई पटेलका छोरा हुन् । उनको पानी तान्ने पम्प बेच्ने सानोतिनो व्यापार छ ।

हार्दिक पटेलले तीन वर्ष अघि अहमदाबादको सहजानंद कलेजबाट स्नातक गरेका थिए ।

हार्दिक पटेलले आफ्नो सार्वजनिक जीवन २०११ मा महिला तथा गरिब किसानविरुद्ध हुने उत्पीडनसँग लड्न एक सामाजिक संगठन खोलेर सुरु गरेका थिए ।

बीबीसी हिन्दीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment