Comments Add Comment

वीरगञ्जमा प्रहरीको गोली लागेर एकको मृत्यु, प्रहरी चौकीमा आगजनी

Birgung-tanab१४ भदौ, वीरगञ्ज । वीरगञ्जमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक आन्दोलनकारीको मृृत्यु भएको छ । केही घाइते भएका छन् ।

कफ्र्यू तोडेर प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले प्रहरी चौकीमा आगजनी गरेपछि प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर घाइते भएका पर्सा मनियारीका ३० वर्षीय दिलिप चौरसियाको उपचारका क्रममा नारायण उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको छ ।

श्रीपुर १४ राधेमाइ टोलीमा भएको झडपमा प्रहरी हानेको गोली उनको ढाडमा लागेको थियो । वीरगञ्ज २५ जगनाथपुरका चौरसिया वीआईटीका विद्यार्थी समेत हुन् ।

प्रहरीको गोली लागेर पन्नाला यादव घाइते भएका छन् । उनलाई घुाडामा गोली लागेको छ ।

वीरगञ्ज आइतबार रातिदेखि नै तनावग्रस्त थियो । प्रहरीले स्कर्टिङ गरेर सवारी साधनहरु पठाउने खोजेपछि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरेका थिए । सोमबार विहानबाटै झडप भएपछि स्थानीय प्रशासनले ४ बजेपछि कफ्र्यू लगाएको थियो ।

तर, मोर्चाका कार्यकर्ताले कफ्र्यू उल्लंघन गरे । उनीहरुले राजीघाट प्रहरी चौकीमा आगजनी गरे । घण्टाघरस्थित नेपाल टेलिकमको कार्यालयमा समेत आन्दोलनकारीले तोडफोड गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment