+
+
Shares

रास्वपा केन्द्रीय सदस्यको निर्वाचन हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोलिदेखि शुरू हुने रास्वपाको महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने भएको छ ।
  • संशोधित विधान अनुसार रास्वपाको केन्द्रीय समितिमा १ सय जना निर्वाचित हुने व्यवस्था छ ।
  • सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रिन अपिल गरे ।

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा निर्वाचन हुने भएको छ ।

रास्वपाले संशोधन गरेको विधान अनुसार १ सय जना निर्वाचित हुने व्यवस्था छ । एक नेताले दिएको जानकारी अनुसार, केन्द्रीय समिति सदस्यहरूमा सर्वसम्मत नहुने भएको हो ।

रास्वपाको महाधिवेशन भोलिबाट हुँदैछ । त्यसअघि आज वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक बसेको थियो ।

उक्त बैठकमा सभापति रवि लामिछानेले पनि सम्बोधन गरेका थिए । उनले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रिन अपिल पनि गरेका थिए ।

केन्द्रीय कमिटी चयन भइसकेपछि अरु पदाधिकारीका लागि पनि निर्वाचन हुने रास्वपाका एक शीर्ष नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?