+
+

आङकाजीलाई समातेर प्रहरीले ठीक गर्‍यो कि बेठीक ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १८ गते १३:१२

सामाजिक सञ्जाल फेसबुकमा केही लेखिरहने संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पा यतिबेला प्रहरी हिरासतमा छन् । उनलाई विद्युतीय कारोबार ऐनअन्तरगत मुद्दा चलाइने प्रहरीले बताएको छ । आदिवासी जनजातिहरुले भने आङकाजीको गिरफ्तारीलाई भेदभावपूर्ण भन्दै उनको तत्काल रिहाइको माग गरिरहेका छन् ।

आङकाजीले आफ्नो फेसबुकमा निश्चित जाति र समुदायका विषयमा खरो टिप्पणी लेख्दै आएका थिए । पछिल्लो समयमा उनी कैलाली घटनाबारे प्रहरीलाई आलोचना गरेपछि जातीय सदभाव भड्काउने खालको स्टाटस लेखेको आरोपमा पक्राउ परेका हुन् । उनको गिरफ्तारीलाई लिएर ठीक र बेठीक भन्ने दुई धारका विचारहरु सामाजिक सञ्जालमा देख्न पाइन्छ ।

aankaji-sherpa

फेसबुकमा स्टाटस लेखेका कारण आङकाजीलाई पक्राउ गरेर प्रहरीले ठीक गर्‍यो या गलत ? सामाजिक सञ्जालमा उठिरहेको यो बहसमा सहभागिता जनाउँदै आफ्नो मत व्यक्त गर्नुहोला :

१. फेसबुकमा जे पायो त्यही लेख्न पाइँदैन । प्रहरीले आङकाजीलाई पक्रेर एकदम ठीक गर्‍यो । अब उनलाई हदैसम्मको सजायँ गर्नुपर्छ ।

२. यो प्रहरीले गरेको घोर अन्याय हो । लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता हुनुपर्छ । अरुले जे पायो त्यहीँ लेख्न हुने, आङकाजीलाई मात्रै गिरफ्तार किन गर्ने ? यो राज्यको भेदभापूर्ण व्यवहार हो । आङकाजीलाई तत्कालै बिनाशर्त रिहाइ गर्नुपर्छ ।

३. गल्ती दुबैतर्फबाट भएको छ । आङकाजीले पनि संयमित हुनुपर्छ र प्रहरीले पनि उनलाई सम्झाएर अब आइन्दा यसो नगर्ने गरी छाडिदिनु राम्रो हुन्छ । मुद्दा चलाउने पञ्चायती शैलीले जातीय सद्भाव बनाउने हैन झनै बिगार्न मद्दत गर्छ । र, आङकाजीले पनि अब आइन्दा अन्य जातिलाई होच्याउने काम बन्द गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment