Comments Add Comment

डा. केसीले भने-सम्झौतामा मात्र अनशन टुंगिँदैन

Dr-Govinda-Kc

१८ भदौ, काठमाडौं । १२ दिनदेखि अनसनरत डा. गोविन्द केसीले विगतमा झै सम्झौतामा मात्र आफ्नो आन्दोलन नटुंगिँने बताएका छन् ।

११ औं दिन सरकारी प्रतिनिधिसँग भएको वार्ता असफल भएपछि डा. केुसी आफ्नो सहयोगीमार्फत आफ्नो लिखित धारणा सार्वजनिक गरेका छन् । केसीले भनेका छन्-‘यस पटक विगतमा झैं सम्झौता मात्र नभए सम्झौताका बुँदाहरु कार्यान्वयनको सुनिश्तितता भएपछि मात्र आन्दोलन टुङ्गनिे जाकारी गराउँछु ।’ 

राज्यले आफ्नो जिम्मेवारी पूरा गर्न आलटाल गरेर बाहाना खोजिरहेको भन्दै उनले प्रश्न गरेका छन्-राज्ष्को जिम्मेवारी झण्डै तीन करोड नेपाललाई शिक्षित र स्वास्थ्य पार्नु हो कि निहित स्वार्थका लागि भएका नियमक निकायहरुलाई थला पारेर शिक्षा र स्वास्थ्य सेवालाई धराशायी बनाउनु हो ?’

गुणस्तिरीय शिक्षा र स्वास्थ्य कायम राख्ने ठाउँमा नैतकताबाट च्यूत भएका पार्टी कार्यकर्तालाई भर्ना गर्न खोजिएको भन्दै केसीले यसले यसले गुणस्तिरीय सेवा होइन, दलली मात्र हुन पुग्ने बताएका छन् ।

Govianda Kc Appil

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment