४ भदौ, काठमाडौं । नयाँ संविधान जारी भएसँगै नेपाली कांग्रेसको संवैधानिक संकट टरेको छ । साथै उसले नयाँ संविधानअनुसार केन्द्रीय समितिसहितका पार्टीको निकायको म्याद ६ महिना थप गरेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले म्याद थपको निर्णय गरेको हो । १२ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पाँच वर्षे म्याद मंगलबार सकिँदैछ ।
तर, नयाँ संविधानमा विशेष परिस्थितिमा ६ महिन थप गर्न सक्ने प्रावधान राखिएको छ । कांग्रेसले त्यसै आधारमा म्याद थपेको हो । तर, नयाँ महाधिवेशनको मिति भने तय भएको छैन ।
यसअघि महाधिवेशनको मिति पटक-पटक तोकिए पनि हुन सकेको थिएन ।
वार्तामा आउन आग्रह
कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले वार्ता र सम्वादबाटै मधेसको समस्या समाधान गर्न आग्रह गरेको छ । साथै आन्दोलनरत पक्षलाई आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरेको छ । समानुपातिक समावेशी र निर्वाचन प्रणालीबारे दलहरुले गरेको प्रतिवद्धताअनुसार वार्ता र सहमतिमा आउन आहृवान गरेका छौं, केन्द्रीय सदस्य महेन्द्र यादवले भने ।
उनले आफूले भने सहमतिअनुसार एकसाताभित्र संविधान संशोधन गर्न आग्रह गरेका बताए ।
प्रतिक्रिया 4