+

विपक्षीको खुट्टा भाँचेपछि टेभेजले माफी मागे

२०७२ असोज  ४ गते १३:०५ २०७२ असोज ४ गते १३:०५
विपक्षीको खुट्टा भाँचेपछि टेभेजले माफी मागे

Carlos-Tevez-apologises-for-breaking-the-leg-of-midfielder-Ezequiel-Ham

४ भदौ, काठमाडौं । बोका जुनियर्सका स्ट्राइकर कार्लोस टेभेजले अर्जेन्टिनस जुनियरर्सका मिडफिल्डर इजेक्वील हामको खुट्टा भाँचेकोमा माफी मागेका छन् ।

गत शनिबार राति दुई टोलीबीचको भिडन्तमा बोकाले ३-१ को जित हात पारेको थियो ।

युभेन्टसका पूर्वस्ट्राइकरले सो म्याचमा दुई गोल हानेका थिए । तर उनले विपक्षी मिडफिल्डरलाई गोडामा दनक दिएको घटनाले उनको प्रदर्शनलाई नै ओझेलमा पारिदियो ।

उक्त खतरनाक ट्याकलका बाबजुद टेभेजलाई दण्डित गरिएन । तर, ३१ वर्षीय स्ट्राइकरले हामको चोट गम्भीर भएको थाहा पाएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् । ‘उनलाई चोट पुर्‍याउने मेरो नियत थिएन’ खेलपछि उनले भने-‘तर मबाट अन्जानमा भए पनि गल्ति भएको छ । क्षमा चाहन्छु ।’

अर्जेन्टिनोसका कोच नेस्टर गोरोसिटोले भने टेभेजको भनाइलाई खण्डन गरे । ‘त्यो सुनियोजित नै थियो’ उनले भने-‘हामी घटनास्थलबाट तीन मिटरको दूरीमा थियौं प्रष्टसित देख्न सक्थ्यौं । फुटबल खेल्नेहरुलाई यस्ता कुरा थाहा हुन्छ ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय