Comments Add Comment

चीनले बनायो ड्राइभर विनाको यात्रुबस, खचाखच यात्रु बोकेर यसरी आफै गुड्यो बस (भिडियो सहित)

Bus

इन्टरनेट कम्पनी गुगलले चालकवीहिन कारको परीक्षण गरिरहेको छ । तर गुगललाई माथ दिँदै चीनले भने विश्वमै पहिलोपटक चालक विहीन यात्रुबाहक बस गुडाइदिएको छ । चिनियाँ गाडी निर्माता कम्पनी युटोंगले पहिलोपटक निर्माण गरेको चालकरहित बस खचाखच यात्रुहरु बोकेर ३२ किलोमिटर सफलतापूर्वक गुडेको छ ।

पूर्णत स्वचालित यो बस गुड्ने क्रममा कुनैपनि मानवीय सहायता यसलाई आवश्यक परेन । हेनान प्रान्तको सडकमा यो बसको परीक्षण गुडान भएको हो । १०.५ मिटर लामो यो बसले झेंगझोउ सहर र केइफेंग सहरसम्मको दूरी पार गरेको हो ।

यो यात्रुबाहक बसले ३२ किलोमिटरको दूरी पार गर्ने क्रममा २६ पटक ट्राफिक लाइटबाट गुज्रियो । त्यस्तै लेन पनि परिवर्तन गर्यो र अर्को गाडीलाई ओभरटेक गर्न समेत सफल भयो ।

भिडियो हेर्नुहोस्

यो ड्राइभरलेस बसको प्रथम परीक्षण सफल भएपनि अझै व्यवसायिक रुपमा सडकमा उतारिने भने छैन र अझै पनि प्रयोगमै रहनेछ । चाइनिज एकेडेमी अफ इन्जिनियरिंगका इन्जिनियरहरु यो बसको निर्माणमा खटिएका थिए । सन् २०१२ देखि यो बसको निर्माण सुरु भएको थियो । स्मरण रहोस् विश्वकै पहिलो चालक रहित बस निर्माण गर्ने युटोंग चीनको सबैभन्दा ठूलो कार निर्माता कम्पनी पनि हो ।

योे चालकविहीन बसमा दुईवटा क्यामरा, ४ वटा लेजर राडार, एक सेट मिलिमिटर वेभ राडार तथा एकीकृत नेभिगेसन सिस्टम रहेको छ । कम्पनीका अनुसार यो बस ड्राइभर विना आफै चल्ने मात्र होइन मानिसले चलाउन समेत सकिने सिन्हवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment