Comments Add Comment

अमेरिकामा विद्यार्थीमाथि गोली प्रहार, ९ को मृत्यु

oregon_shooting

१५ असोज, काठमाडौं । अमेरिकाको ओरेगन राज्यमा अवस्थित उम्पक्वा सामुदायिक कलेजमा विहीबार एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा ९ विद्यार्थीको मृत्यु हुनुका साथै २० जना घाइते भएका छन् ।

ग्रामीण भेगमा नदीको किनारामा रहेको यो कलेजमा करिब ३ हजार विद्यार्थी अध्ययनरत थिए । गोलीकाण्डपछि भागाभाग हुँदा केही विद्यार्थीहरु सम्पर्कविहीन बनेका छन् ।

गोली चलाउने २० वर्षीय युवक प्रहरी कारवाहीमा मारिएको बीबीसीले लेखेको छ ।

घटनास्थलमा पुगेका एक सय सुरक्षाकर्मीले प्रत्येक विद्यार्थीहरुको झोला र शरीर खानतलासी गरेका छन् । कलेजका प्रत्येक कोठाहरुमा खानतलासी गरिएको छ ।

घटनापछि अभिभावक र विद्यार्थीहरुमा रुवाबासी र त्रास फैलिएको छ । गोलीकाण्डबारे तत्कालै अमेरिकी राष्ट्रपति बाराक ओबामालाई जानकारी गराइएको छ ।

प्रत्यक्षदर्शीले भनेका छन् कि गोली चलेको आवाजसम्म सुनिएको थिएन । बन्दुकधारीले आवाज नआउने बन्दुकबाट गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ ।

A patient is wheeled into the emergency room at Mercy Medical Center in Roseburg, Ore., following a deadly shooting at Umpqua Community College, in Roseburg, Thursday, Oct. 1, 2015. (Aaron Yost/Roseburg News-Review via AP)

असुरक्षित बन्न थाले अमेरिकी शिक्षण संस्था

अमेरिकामा शिक्षण संस्थाभित्र यस्तो गोलीकाण्ड मच्चिएको यो नयाँ घटना होइन । तथ्यांकलाई हेर्दा अमेरिकी शिक्षण संस्थाहरु असुरक्षित बन्न थालेका देखिन्छन् ।

सन् २०१५ मा मात्रै अमेरिकी शिक्षण संस्थाहरुमा ४५ वटा गोलीकाण्डका घटना भइसकेका छन् । हफिङ्टन पोष्टका अनुसार विद्यालय, प्लस टु र कलेजहरुमा एकै महिनामा ७ वटासम्म गोली प्रहारका घटनाहरु भएका छन् ।

सन् २०१२ यता अमेरिकामा १ सय ४२ वटा स्कुल र कलेजमा गोली प्रहारका घटना भएका छन् ।

अमेरिकामा सर्वसाधारण नागरिकलाई समेत बन्दुक राख्न पाउने अधिकार छ । यसरी बन्दुक राख्न दिने अधिकारका कारण गोली प्रहारका घटनाहरु भएको भन्दै राष्ट्रपति ओबामाले नागरिकलाई बन्दुकको लाइसेन्स नदिने कानून ल्याउन लागिएको बताउँदै आएका छन् ।

सन् २०१५ मा अमेरिकी शिक्षणसंस्थामा भएको गोली प्रहारका ४५ घटना :

America-goli

स्रोत : हफिङ्टन पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment